क्याम्ब्रिजका १० विद्यार्थी बैङ्लोरमा बोर्ड टप

इनेप्लिज २०७३ वैशाख १५ गते १:३९ मा प्रकाशित

बिर्तामोड, १५ वैशाख । झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उच्च शिक्षा अध्ययनका लागि भारतको बैङ्लोर गएका १० जना विद्यार्थी बैङ्लोरका विभिन्न कलेजबाट बोर्ड टप भएका छन् ।

एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोर गएका बोर्ड टप १० विद्यार्थीलाई कलेजले छात्रवृत्ति र गोल्ड मेडलसहित पुरस्कृत गरेको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिम्खडाले बताए ।

२०७१ सालको एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोरस्थित डाक्टर श्री श्री श्री शिवकुमार महास्वामी इञ्जिनियरिङ कलेजमा अध्ययनरत् झापा सुरुङ्गाका प्रभु गिरी डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमा ९१ प्रतिशत अङ्क ल्याएर बोर्ड टप भएका हुन् । उनलाई कलेजले प्रोत्साहन स्वरुप ५० हजारको छात्रवृत्ति र गोल्ड मेडल समेत प्रदान र्गयो ।

सोही कलेजमा अध्ययनरत् मोरङ विराटचोककी स्पार्कल पुरीले डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमा ९० प्रतिशत अङ्क ल्याएर बोर्ड सेकेन्ड भइन् । उनले गोल्ड मेडल प्राप्त गरिन् । मोरङ विराटचोकका गणेश पौडेल डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङमा कलेज टपर, झापा दमकका आभास शाहले डिप्लोमा इन सिभिल इञ्जिनियरिङको म्याथ विषयमा शतप्रतिशत अङ्क ल्याएर गोल्ड मेडल प्राप्त गरेका छन् । सोही कलेजमा अध्ययनरत दमकका एलोजराज खरेलले डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङमा गोल्ड मेडल पाए ।

बैङलौरकै एमएस रमैया हर्षा हस्पिटलमा अध्ययनरत् बिर्तामोडकी अल्का उप्रेतीले डिप्लोमा इन मेडिकल एक्स-रे टेक्नोलोजीमा ७५ प्रतिशत अङ्क ल्याएर कलेज टपर हुँदै गोल्ड मेडल प्राप्त गरिन् । सोही कलेजमा अध्ययनरत सुरुङ्गाकी पुजा खड्काले डिप्लोमा इन अप्रेसन थिएटर टेक्नोलोजीमा ७३ प्रतिशत अङ्क ल्याएर सेकेन्ड बोर्ड टपर हुँदै गोल्ड मेडल प्राप्त गरेकी हुन् ।

वीरगञ्जका जयनुदिन अन्सारी डिप्लोमा इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा ७३ प्रतिशत अङ्कसहित सेकेन्ड बोर्ड टपर भए । प्लस टुपछि बैङ्लोरको हिन्दुस्तान एभिएसन एकेडेमीमा पढ्दै गरेका चन्द्रगढीका मुकेश प्याकुरेलले बीबीए विथ एभिएसन विषयमा ८३ प्रतिशत अङ्क ल्याएर कलेज टपर भए ।

यसअघि बैङ्लोरको अशोका पोलिटेक्निकमा अध्ययनरत् झापा बिर्ता बजारका चेतन राउतले कम्प्युटर साइन्स इञ्जिनियरिङमा बोर्ड टप, झापा बुधबारेका विकास राय बोर्ड सेकेण्ड, इलामका विकास दुलाल बोर्ड थर्ड भएका थिए । क्याम्ब्रिजले सात वर्षदेखि बैङलोरका विभिन्न कलेज तथा युनिभर्सिटीमा अध्ययनका लागि विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।

प्रतिक्रिया