काठमाडौं हल्लाउने भाईकाजी प्राधिकरणमा फर्किए

इनेप्लिज २०७३ वैशाख १० गते १:२७ मा प्रकाशित

vaikaji-tiwari-is-retired-13154-650x350काठमाडौं, १० वैशाख । राजधानीका साँघुरा सडक फराकिलो पारेर काठमाडौंमा नयाँ तरंग पैदा गरेका भाईकाजी तिवारी पुनः सक्रिय भएका छन् ।

तिवारीलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गरेको छ ।

यसअघि प्राधिकरणमै नायव विकास आयुक्त पदमा कार्यरत तिवारीले एक महिनाअघि मात्रै उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए ।

पाँच वर्षे कार्यकालसहित प्राधिकरणको विकास आयुक्त बनेका तिवारीले अब काठमाडौंको मुहार फेर्ने आफ्नो प्रमुख योजना रहेको सुनाए । यसअघि तत्कालिन समयमा काठमाडौंको सडक विस्तारका क्रममा थुप्रै दबाब र धम्की सहेर सफल रुपमा काम गरेका तिवारी निकै चर्चामा आएका थिए ।

काठमाडौँमा सडक फराकिलो पार्ने भाइकाजी तिवारी ‘रिटायर्ड’ भएपछि…

उनले भने- ‘सरकारले मेरो कामको मूल्यांकन फेरि थप जिम्मेवारी दिएको छ । यो जिम्मेवारीलाई पहिलेभन्दा अझै सशक्त रुपमा पुरा गर्छु ।’ आउँदो सोमबारदेखि पदभार सम्हाल्न लागेका तिवारीले राजधानीमा विस्तार हुन बाँकी रहेका सडकलाई फराकिलो पार्न तत्कालै काम थाल्ने बताए ।

‘पहिला भन्दा जिम्मेवारी थपियो । पहिलोचरणमा अहिले भइरहेको कामलाई निरन्तरता दिने, त्यसपछि विकासका आधारहरु तयार पार्ने, नयाँ योजनाहरु तयार गर्ने र सरकारले तोकेका कामहरु गर्ने योजना छ ।’

विकास प्राधिकरणको नायव विकास आयुक्त हुँदा के-के काम गर्नुभयो भन्ने प्रश्नमा तिवारीले भने– ‘काठमाडौंको सडक विस्तार सबैलाई थाहा भएकै कुरा हो, जमिन दर्ताहरु गरिएको छ । टोलटोलमा स-साना बाटोहरु निर्माण लगायत रहेका छन् ।’

बाटो विस्तारको काम अझै बाँकी रहेको भन्दै तिवारीले काठमाडौंलाई नयाँ सहरको ढाँचामा ढाल्ने र नदी किनारको करिडोरको विकास गर्ने कामहरु पनि अबको कार्यकालमा गर्ने बताए । उनले भने– ‘चुनौतिहरु धेरै छन् तर, पनि काम गरेपछि सामना गर्न सहज छ ।’

प्रतिक्रिया