ललितपुरमा अनौठो घटनाः श्रीमती विदेशमा, श्रीमान छोरीसँग ‘अवैध सम्बन्ध’मा

इनेप्लिज २०७३ वैशाख ४ गते १३:०३ मा प्रकाशित

Marriage-gorkha-768x517

काठमाडौं, ४ वैशाख । ललितपुरमा एक पुरुषले श्रीमती कमाउन विदेश गएको मौकामा आफ्नै छोरीसँग अवैध सम्बन्ध राखेको खुलासा भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनले छोरीको इच्छाविपरित जबरजस्ती सम्बन्ध राखेका हुन् । आफ्नै १७ वर्षीया छोरीसँग जबरजस्ती सम्बन्ध राखेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–१८ इमाडोल बस्ने ३७ वर्षीय बाबुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आमा विदेश गएको अवस्थामा ती बाबुले आफ्नै डेराकोठामा बिगत डेढबर्ष अगाडिदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको र कोही कसैलाई खवर गरेमा मारी दिन्छु भनेको भनी पीडितले प्रहरीमा जानकारी गराएपछि उनलाई प्रहरीले पक्राउ गरको हो । यसैगरी बाँकेको कोहलपुर नगरपालिका–९ पितिरीमा शम्शेरगंज-७ बस्ने १८ वर्षीया युवतीलाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–९ बस्ने राकेश रोकायालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । निज रोकाया, शम्शेरगंज–५ बस्ने २२ वर्षीय बिक्कु थापा र हाल नाम, थर, वतन नखुलेका जिवन भन्ने ब्यक्तिले युवतीलाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको बताइएको छ । घटनामा संलग्न अन्य २ जना फरार रहेकोले खोजी कार्य भइरहेको छ । पीडक तथा पीडितको स्वास्थ्य परीक्षण लगायत घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया