भर्जिनियाको राजधानी मन्दिरमा तामिल र नेपाली “नयां बर्ष” २०७३ साल मनाईयो

इनेप्लिज २०७३ वैशाख २ गते १४:४८ मा प्रकाशित

डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायले डिसी महानगर क्षेत्र स्थित राजधानी मन्दिरमा बिसेष भजन तथा क्रीतनको साथ नया बर्ष मनाएका छन् l नेपाली नया बर्ष को साथै भारतीय तमिल समुदायले पनि आजैको दिनमा नया बर्ष मनाएका छन् l श्रद्धालु भक्तजनहरु राजधानी मन्दिरले आयोजना गरेको कार्यक्रममा सहभागी भै प्रसाद समेत ग्रहण गरे l प्रसाद स्वरुप नेपाली समुदायले सेल रोटि ,अचार ,तरकारी तथा अन्य परिकारका सामग्री भक्तजनलाई खुवाएका थिए l

प्रतिक्रिया