खोलेसिमलमा रचना वाचन एवम् शुभकामना आदानप्रदान

इनेप्लिज २०७३ वैशाख १ गते १५:३० मा प्रकाशित

20160413_123915 रत्ननगर १, बैसाख ।
पूर्वी चितवनको कालिका नगरपालिका–७, खोलेसिमल स्थित कालीगण्डकी साहित्यिक मञ्च एवम् कैलाश साहित्य विविधको आयोजनामा आज शुभकामना आदानप्रदान एवम् रचना वाचन कार्यक्रम गरिएको छ ।

20160413_143835 नव वर्ष २०७३ को स्वागत गर्दै आयोजित कार्यक्रममा गजलका केशवराज आमोदी प्रमुख अतिथि रहनुभएको थियो । मञ्चका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी “अञ्जली”, साहित्यकार कृष्ण सुदामा, दुर्गा घिमिरे, ईश्वरी ओझा, भानुभक्त पौडेल, रुद्रराज कंडेल, गोकुल पौडेल, शिव पौडेल, रोहिणी प्रसाद लोहनी लगायतले शुभकामना व्यक्त गर्दै गीत, गजल र कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत साहित्य प्रेमी विद्यार्थी एवम् स्थानीय साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

20160413_141813 20160413_135953 20160413_124302 20160413_124148 20160413_123932

प्रतिक्रिया