आयुर्वेदिक अस्पताललाई जग्गादान

इनेप्लिज २०७३ वैशाख १ गते २:४९ मा प्रकाशित

पाल्पा, १ वैशाख । पाल्पा बराङ्गदी–९ स्थित बराङ्गदी महिला समूह र बराङ्गदी आयुर्वेदिक अस्पताललाई एक स्थानीयवासीले जग्गादान गरेका छन् ।

पाल्पा बराङ्गदी–९ का टीकाराम बस्यालले बराङ्गदी महिला समूहलाई एक रोपनी तीन पैसा तीन दाम र आयुर्वेदिक अस्पताल निर्माणका लागि दुई रोपनी जग्गादान गर्नुभएको हो । समाजसेवी बस्यालले दुवै संस्थालाई जग्गाको नामसारीसमेत गरिदिनुभएको स्थानीयवासी बिमला परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया