एनआरएनए प्रमूख संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामीछाने सँग भेट्घाट कार्यक्रम हुने

इनेप्लिज २०७२ चैत २७ गते १७:४६ मा प्रकाशित

आफ्नो नितान्त ब्यक्तिगत भ्रमणका लागि हाल अमेरिकामा रहनु भएका एनआरएनए पूर्व अध्यक्ष तथा प्रमूख संरक्षक जीवा लामीछाने सँग एनआरएन अमेरिकाले उहाँको समय लिएर सानो अन्तर्कृया कार्यक्रम राखेको छ ।

यही १० अप्रिल २०१६ का दिन, हिमालयन याक रेस्टुराँमा  बिहान ११:१५ देखि १२:३० सुरु हुने सो भेट्घाट कार्यक्रममा न्योयोर्क आसपासका सम्पूर्ण नेपालीहरु साथै सम्पूर्ण संचारकर्मी साथीहरुको लागि एनआरएन अमेरिकाले आमन्त्रण गरेको छ ।

आफ्नो महत्वपूर्ण निजी समय मध्य केही समय एनआरएनका लागि दिनु भएकोमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले एनआरएनए पूर्व अध्यक्ष तथा प्रमूख संरक्षक जीवा लामीछानेलाई धन्यवाद दिनु भएको छ ।

कृष्ण के.सी
नर्थअमेरिका रिजनल मिडिया कोअर्डिनेटर
एनआरएनए

प्रतिक्रिया