भानुभक्तले गासेको भाषीय माला लाई सलाम !

इनेप्लिज २०७२ चैत २७ गते ११:२८ मा प्रकाशित

bijay-21

नेपाल राष्ट्र रहे सम्म भानुभक्त अमर रहने छन्’ भनि लेखनाथ पौडेलले भन्नु भएको थियो l अमेरिकामा यो पंक्तिकार भासिएता पनि भानुभक्तले गासेको भाषीय माला प्रति म गर्व गर्छु l र ,भानुभक्तलाई सलाम ठोक्दछ l यसको बिना आफु परिकल्पना पनि गर्न सक्दिन त्यसैले जीवन भर बिशुद्ध नेपाली भाषाको अभियानमा तल्लिन छु l

भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । हामीले जति नै ठुला कुरा गरे पनि पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण नगरी दिएको भए देश कति भागमा चोईटिन्थ्यो l झन्डै यस्तो अवस्था केहि समय अगाडी आउला आउला जस्तो भएको भएको थियो l ठुलो संकट टरेर गयो l भानुभक्तले नेपाली भाषामा दिएको योगदानको कारण नै विश्वभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सम्भव भएको छ ।

नेपाल बहु जाति, बहु संस्कृति र बहुभाषी राष्ट्र भनेर विश्व मानचित्रमा पृथक पहिचान बनाउन सफल भएको छ l ४८.६१ प्रतिशत नेपाली जनताको मातृभाषा र ८७ प्रतिशत नेपाली जनताको साझा सम्पर्कको माध्यम बनेको नेपाली भाषा हामी सबैको धुकधुकी हो l

पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेको पछिल्लो वर्ष बालाजुमा एक बृहत कवि सम्मेलन गराएका थिए l उक्त ऐतिहासिक कबि सम्मेलन द्वारा भाषा तथा साहित्यको श्रीबृद्दी हुन् सकोस भन्ने हेतु तत्कालिन समयका प्रशिद्ध कबि तथा साहित्यकारहरु काशी, अयोध्या, काश्मीर, गुजरात, मध्यदेश, महाराष्ट्र, मिथिला र गोर्खा दरबारका ७३ गरी ८७ जना कविहरूले भाग लिएका थिए l

नेपालीले अर्को नेपालीसँग कुरा गर्ने गर्ने माध्यम नेपाली भाषा नै हुन्छ l भाषाप्रति कसैले पनि वैरभाव किमार्थ राख्नु हुदैन । एकले अर्काको भाषा एवं साहित्यको सम्मान गर्न सिक्नु पर्छ l भाषा शब्द, आकाश तथा ब्रहमाण्ड, पशुपंक्षी चराचर जगत्मा सञ्चारित छ ।

नेपालीभन्दा धेरै पुरानो झन्डै करीब ४० करोड प्रयोक्ता भएको हिन्दीमा संस्कृतका वाणी, संकेत, हिज्जे अझ यथावत् रुपमा सुरक्षित छन् र उनीहरूलाई बदल्नु पर्ने आवश्यक परेन। तर हाम्रा गुरुहरूले चार दसक भित्र तीनपल्ट भाषा बदलिएका छन् । भाषालाई राजनीतिक रुपले कदापी हेर्नु हुन्न l

क्यानाडामा अंग्रेजी र फ्रेन्च भाषाले मान्यता पाए पनि अंग्रेजी भाषाकै व्यापक प्रयोग पाइन्छ । यी सबैको अध्ययन र स्थिति हेर्दा राष्ट्रभाषा भनेको मूलतः त्यस राष्ट्रका बासिन्दाहरू बिच विचार विमर्शका लागि बढी सरल र सक्षम भाषा हुनु पर्ने बुझिन्छ ।

एक भाषाले अर्को भाषालाई घृणाको दृष्टिले होइन, सम्मान दिन सिक्नुपर्छ । भाषिक सम्मान सभ्यताको परिचय हो । विश्वमा अस्तित्वमा रहेका ६ हजार भाषामध्ये अहिले ३ हजारमात्र अस्तित्वमा छन् । हामीले हाम्रो भाषा प्रति ऐक्यबद्दता देखाउनु पर्दछ l

स्वीट्जरल्यान्डको संसदमा केही सांसदहरू फ्रेन्च भाषामा बोल्छन्, तर त्यसको अर्थ स्वीस भाषाको घृणाका दृष्टिकोणले हेरीदैन l केन्यमा स्वाहिली भन्ने प्रमुख भाषा छदा छदै त्यसलाई प्रचलनमा नल्याई ५ कक्षासम्म स्थानीय, जातीय भाषामा शिक्षा दिने नीति बनाइयो, तर तान्जानियाले यस्तो भाषिक संर्कीणतालाई किनारा लगाउदै जन जिब्रोमा अत्यधिक प्रचलित भाषालाई उच्च स्थान दियो ।

जसको परिणाम केन्याको विकास र क्षमता अभिवृद्धि तान्जानियाको तुलनामा धेरै पछाडि पर्यो । नेपाली भाषाले गरेको उन्नतिलाई पाखा लगाउने सोच राख्नु कदापी स्वीकार नहुन् सक्दछ l हजारौं वर्षदेखि संस्कृत व्याकरण अटल र स्थिर रहेको देखेका छौ । युरोपमा बोलिने जर्मनी,रूसी, फ्रेन्च लगायतका भाषाहरूको जननी भाषा संस्कृत हो ।

Bhanubhakta_Acharya

संस्कृत भाषा स्थिर भएता पनि त्यसका सन्तानहरू गतिशील हुन् पुगेका छन् ।नेपाली भाषा संस्कृतसंग नजिकको साईनो मात्र हैन l सरल ,गतिशील र इतिहासमा असाध्य दु्रतगतिमा विकास भएको भाषा छ l ११औं शताब्दीमा अस्तित्वमा आएको यो भाषा नेपाल पछि भारतमा बेसी बोलिने गरिन्छ l

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा अत्यधिक रुपमा संस्कृत भाषाको प्रयोग र संस्कृत भाषाकै बोलबाला थियो । संस्कृत भाषाको तुलनामा नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । भानुभक्तले आफ्नो मात्री भाषा तथा नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । भानुभक्तलाई काधमा बोकी मोतीराम भट्ट पनि आफै पनि चम्किए ।

नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि संस्कृतको पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन ।भाषा रहे हाम्रो अस्तित्व रहने र भाषा नरहे हाम्रो पहिचान गुम्ने हुन्छ l हाम्रा पिढीहरु यसमा बिषयमा गम्भीर हुन् आवश्यक छ l

भानु भक्त ,मोतीराम र पृथ्वी नारायण शाहले नेपाली भाषा प्रति देखाएको श्रद्धा ,चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नु पर्दछ l हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो l सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ र हाम्रो पहिचान कालजयी हुनेछ l

तस्बिर सौजन्य :विक्रान्त श्रेष्ठ 

प्रतिक्रिया