आगलागीले घरगोठ जलेर ध्वस्त

इनेप्लिज २०७२ चैत २५ गते ११:०२ मा प्रकाशित

नेपालगन्ज, २५ चैत । बाँके जिल्ला खासकुश्मा गाविस कुसुम गाउँमा आज दिउँसो आगलागी हुँदा एक दर्जनभन्दा बढी घरगोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीयवासी जोगबहादुर पुनको घरबाट फैलिएको आगोले नजिकै रहेका अन्य घर पनि जलेका छन् ।

आगलागीबाट धनबहादुर पुन, महेश बानियाँ, दण्डप्रसाद घर्ती, सूर्यबहादुर बुढाथोकी, पूर्णबहादुर घर्तीको घरगोठ जलेर ध्वस्त भएको छ ।

आगलागीबाट अन्नपात, भाँडाबर्तन जलेर नष्ट भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

घटनास्थल सदरमुकाम नेपालगन्जबाट करिब ८० किमी उत्तरमा पर्छ ।

प्रतिक्रिया