भवन निर्माणका लागि पाँच लाख सहयोग

इनेप्लिज २०७२ चैत २५ गते ७:५५ मा प्रकाशित

दमक, २५ चैत । झापाको दमक–१ स्थित किरात धर्म तथा साहित्य उत्थान सङ्घको केन्द्रीय कार्यालय भवन निर्माणका लागि ललितपुर–१४ निवासी एक दाताले रु पाँच लाख बढी नगद सहयोग गर्नुभएको छ ।

उद्योगी उपेन नेम्वाङले निर्माणाधीन सङ्घको भवन निर्माणका लागि रु पाँच लाख पाँच हजार ५०५ सहयोग गर्नुभएको हो । आज संस्थाको कार्यालयमा एक कार्यक्रम गरी दाता नेम्वाङले सो रकम सहयोग हस्तान्तरण गर्नुभएको सङ्घका केन्द्रीय सचिव सङ्कल्प लिङ्देनले जानकारी दिनुभयो ।

भवन निर्माणको नीतिअनुसार दाता नेम्वाङको नाममा एउटा उपेन कक्ष राखिने सचिव लिङ्देन बताउनुहुन्छ । विभिन्न दाताहरु, धर्मानुरागीहरुको सहयोगबाट सुरु गरिएको भवनको हालसम्म ३० प्रतिशत काम सकिएको छ ।

प्रतिक्रिया