यसैलाई राष्ट्रिय सरकार बनाउँः पोखरेल

इनेप्लिज २०७२ चैत २५ गते २:३९ मा प्रकाशित

ishor-Pokhrelकाठमाडौँ, २५ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी सङ्घीय विद्यार्थी फोरमका करिब ९० विद्यार्थी नेता तथा कार्यकर्तालाई बुधबार पार्टीमा प्रवेश गराउने क्रममा महासचिव पोखरेलले सरकार राष्ट्रियता संरक्षण तथा स्वाधीनताको पक्षमा दृढ रहेको बताउँदै यही सरकारको नेतृत्वमा काँग्रेस सरकारमा आउनुपर्ने र त्यसो भएमा संविधान कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले देश र जनताको सेवालाई केन्द्रमा राखेर सामाजिक परिवर्तनका लागि क्रियाशील रहेकाले अन्य पार्टी परित्याग गरी विभिन्न तहका नेता तथा कार्यकर्ता एमालेमा आउने लहर चलेको बताउनुभयो ।

महासचिव पोखरेलले जातीय मुद्दाले जनतालाई विकासको गन्तव्यमा पु¥याउन नसक्ने विचार व्यक्त गर्दै विगतमा एमालेलाई मधेस विरोधी, जनजाति विरोधी भनेर आरोप लगाउने दल तथा समूहले अहिले प्रायश्चित गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया