अब शिर्षक मात्र हेर्ने समय आउदै

इनेप्लिज २०७२ चैत २१ गते २१:५९ मा प्रकाशित

BIJAY THAPA

बुझ्नेले बुझेका छन् ,नबुझ्नेले बुझेका छैन l अब समयको द्रुतचाल संगै मानिस चल्न थालेका छन् l समयको हावाले जता लान्छ उतै जानु पर्ने अवस्था भै सकेको छ l स्वदेशमा गरि खान सार्हो पर्ने अवस्था भएकोले २-४ ठाउँमा काम नगरी जीवनचक्र चलाउन कठिन हुने अवस्था आई सकेको छ l विदेशको त कुरै छोडौ l विदेशमा मानिस २-४ ठाउँमा काम गर्ने भनेको सामान्य हुन्छ l किनभने उमेरले डाडो नकाट्दै जीवनको उत्तरार्ध जोहो गर्नु पर्ने हुन्छ l

सामाजिक संजालले ल्याएको महान क्रान्तिले अब पढ्ने र लामो समय सम्म घोत्लिने समय मानिसलाई बिल्कुलै छैन l अति जरुरि र अभिरुचिपूर्ण समाचार या लेख भयो भने अडिएर हेर्ने र टिका टिप्पणी गर्ने समय व्यवस्थापन गर्दछन l नत्र शिर्षक मात्र हेरी अर्को पन्ना तर्फ लाग्ने समय आई सकेको छ l

चाखपूर्ण कुनै अध्ययन गर्ने सामग्री रहेछ भने हेरेको जस्तो गर्ने अनि सामाजीक संजालमा मन पर्यो भनि सदर गर्ने l नरामो समाचार या लेख छ भने बदर गर्ने समय जसरि पनि निकाल्दछन l अब जे पनि संक्षेपमा हुनु पर्ने जस्तो भएको छ l संक्षेप समाचार ,छोटो लेख ,कम शब्द प्रयोग भएका सामग्रीलाई सहर्ष स्वीकार्ने अवस्थाको श्री गणेश भै सकेको छ l

अब समाचार या लेख लेख्दा शिर्षकले नै काम पुर्याउनु पर्ने जस्तो देखिन थालेको छ l शिर्षक ले नै भावार्थ बुझ्ने पाठक भै सकेका पनि छ l माथि टाउको हेर्ने वित्तिकै गुदी थाहा पाउने पनि पाठक छन् l अब पाठकलाई पढ्नै नपर्ने होला जस्तो भएको छ l आ गर्दा अलंकार बुझ्ने पाठक छ्याप छ्याप्ती छन l यसो हेर्यो ,समाचार र लेख सबै बुझेको जस्तो अनुभुति यो पंक्तिकारलाई पनि हुदैछ l

तर यसो भन्दैमा समय व्यवस्थापन गर्दै गर्दैनन् भन्ने चाही कदापी हैन l एक निश्चित वर्ग छन ,उनीहरु यस्ता रचना तथा सामग्रीका भोका पनि छन् l पढ्नलाई फुर्सत निकाल्दछन l उनीहरु पढेर ज्ञान आर्जन गर्न चाहन्छन l पढ्नेले मात्र कलम चलाउन सक्छ l लेख्न लाई पढ्नै पर्छ l नपढी ज्ञानवर्धक खुराक दिन सकिदैन l यो ध्रुव सत्य हो l

विदेशमा समयको बाढफाढ़ गर्न कठिन हुन्छ l नेपालमा जस्तो आमाले सम्पूर्ण घर चलाए जस्तो विदेशमा चल्दैन l कामको चापले गर्दा समय निकाल्न हम्मे हम्मे पर्ने हुन्छ l बिदेशिएकालाई अझ सामाजिक संजालले ठुलो गुण लगाई दिएको छ l यसैमा रमाउने भएका छन l

लामा लेख ,रचना तथा अन्य सामाग्री प्रस्तुत भए पढ्ने संख्या न्युनतम हुन्छ l तर आनन्द आउने प्रकारका अध्ययन सामग्री भए खोजि खोजि पढ्ने पाठक वर्ग पनि भेटिन्छन l पाठक पनि चलाख भै सकेका छन l छोटो र मिठो भए घोत्लिन्छ l नभए टोपी लगाउन सिपालु हुन्छन l

त्यसैले यो पंक्तिकार संग पनि न्युनतम समय बचत भएकोले यस्ता लामा लेख तथा रचना तर्फ नलाग्ने हो कि भनि घोत्लिन सुरु गरेको छ l तर छोटो भन्दैमा टुप्पो न फेद चाही हुनु भएन l संक्षेप सामग्रीमा क देखि ज्ञ सम्म बिषय वस्तु पर्दैन र अटाउदैन l

श्रस्टा र रचनाकारलाई पो समस्या हुने जस्तो देखिएको छ l भन्न खोजेको कुरा नै पुग्दैन भने छोटो छरितो मात्र भएर के काम ? घुमी फिरी रुम्जाटार भने झैँ समय को चरम अभावको कारण सम्भवत पाठक शिर्षक मात्र पढ्न चाहन्छन l शिर्षक मात्र हेर्ने जमाना आउछ कि भन्ने भय पनि छ l यस्तो प्रवृति देखिन थालेको छ l जे होस् अब पाठकको चाहनालाई ध्यान दिदै आफु पनि जता मल्कु उतै ढल्कु पो हुने भै यो l

प्रतिक्रिया