न्यूयोर्कमा नेपाल झल्कने परेड हुने

इनेप्लिज २०७२ चैत १८ गते २:०३ मा प्रकाशित

IMG_1495

न्यूयोर्क, संसारकै ब्यापारिक राजधानि मानिने न्यूयोर्कको म्यानहटन शहरमा पहिलो पटक नेपाल झल्कने परेड हुने भएको छ । आगामी गणतन्त्र दिवस अर्थात् मे २२ को दिन पारेर संसारका सयौं देशका लाखौं मानिसहरुको चहल पहल हुने म्यानहटनमा नेपाल झल्कने परेड हुने भएको हो ।

अमेरिकामा रहेका तिन ठुला संस्था नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र फिप्नाको अगुवाई र न्यूयार्कमा रहेको नेपाली कन्सुलेटको सहयोगमा हुन लागेको परेड म्यानहटनको ब्रोडवेमा गरिन लागेको जनाइएको छ । आयोजक संस्था जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार न्यूयोर्कमा संसारका पर्यटक आउने र न्यूयोर्कमा नेपालको पर्यटन सम्बन्धी प्रचार र झांकीले पर्यटकलाई नेपाल प्रति थप जानकारी हुने उद्धेश्य रहेको बताउनुभयो ।

भुकम्प पश्चात नेपाल भ्रमणमा भएको भ्रम हटाउन मद्धत पुग्ने समेत बिष्टको भनाई छ । आयोजक संस्था प्रवासी मन्चका अध्यक्ष थापाले पनि यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर बिषेश परेड गर्नु आफुहरुको उद्धेश्य रहेको बताएका छन् । फिप्पानका अध्यक्ष लुईसागं वाईवाले कार्यक्रको अग्रसरता आफुहरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुसंग सहकार्य गरे कार्यक्रमलाई भब्य पार्ने योजनामा आफुहरु रहेको बताएका छन् ।

आयोजकहरुले कार्यक्रमको खाका र अतिथिको बारेमा जानकारि दिन न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । न्यूयोर्कमा पहिलो पटक नेपाल चिनाउने परेड हुन लागेकोमा अमेरिकामा रहेका अधिकांश नेपाली हौसिएका छन् ।

प्रतिक्रिया