भद्रपुरमा ‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ प्रशिक्षण

इनेप्लिज २०७२ चैत १४ गते १:४६ मा प्रकाशित

12417750_1731576003752486_87257686703604884_nभद्रपुर, १४ चैत । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा भद्रपुरमा शनिबारबाट ‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुईदिने प्रशिक्षण सुरु भएको छ ।

प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरीले जानकारी दिनुभयो । प्रशिक्षणको सहजीकरण सञ्चारविद् तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताले सरकारी कार्यालयबाट हुने सूचना प्रवाहलाई प्रभावकारी बनाउँदै विकास पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो । उनीहरुले सरकारी कार्यालयका सूचना अधिकारीलाई तत्काल सूचना उपलब्ध गराउन र पत्रकारलाई अझ जिम्मेवार भएर प्रस्तुत हुनसमेत सुझाव दिए ।

प्रतिक्रिया