हिन्दू, मुस्लिम र सिख धर्मगुरुले होली खेले
नेपालगन्ज, १० चैत । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले सामाजिक सद्भाव, भाइचारा र आपसी मेलमिलापको सन्देश प्रवाह गर्ने होली पर्वलाई त्यही भावनाबाट सबैले ग्रहण गर्नुपर्ने बताउनुभएको छ ।
सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र, स्थानीय शान्ति समिति, अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्च र जिल्ला तथा पुनरावेदन बार एसोसिएसनद्वारा मङ्गलबार यहाँ आयोजित ‘सामाजिक सद्भाव र सौहार्दताका लागि होली मिलन’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
राज्यमन्त्री यादवले सबै धर्मले मानवताको सन्देश दिने भएकाले रमाइलोका लागि मात्र होइन धर्मको सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला बार एसोसिएसनका अध्यक्ष उदयराज वर्माको सभापतित्वमा भएको कार्यक्रममा पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, पुनरावेदन बारका अध्यक्ष बलबहादुर चन्द र स्थानीय शान्ति समितिका संयोजक तेजविक्रम शाहले होली मिलन सामाजिक सद्भावको महत्वपूर्ण कडी भएको धारणा राख्नुभयो ।
त्यस अवसरमा त्यहाँ उपस्थित हिन्दू धर्म गुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी र सिख धर्मगुरु राजुसिंह सरदारले आपसमा होली खेलेर धार्मिक सद्भाव छर्नुभएको थियो ।
यसैगरी स्थानीय भिजन टिभी, नेपाल प्रेस युनियन, रेडियो कृष्णसार एफएमले पनि सामाजिक सद्भावका लागि होली मिलन कार्यक्रम आयोजना गरेका थिए ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया