काठमाडौँ, ९ चैत । संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा हुने ‘दोस्रो विश्व नेवाः सम्मेलन’मा भाग लिन राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठलगायत विभिन्न राजनीतिक दल र संस्थाका ३० जना प्रतिनिधि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।
उहाँका साथ विश्व नेवाः नेपाल शाखाका अध्यक्ष पुष्कर माथेमा पनि हुनुहुन्छ । सम्मेलनमा विश्वभरका ४०० नेवार समुदायका प्रतिनिधिको सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यही चैत १२ देखि १४ गतेसम्म हुने सम्मेलनमा नेपाल भाषा, संस्कृति र पहिचानका साथै नेपालका अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया