गौडा माविका विद्यार्थीसँग राजकुमार

इनेप्लिज २०७२ चैत ९ गते ७:५५ मा प्रकाशित

लेउरानी (लम्जुङ), ९ चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले आज लमजुङको देउरालीबाट डेढ घन्टा पदयात्रा गरी ओखरे आइपुग्नुभएको छ ।

आफ्नै घर आँगनमा आइपुगेका ह्यारीलाई स्थानीयवासीले गुरुङ र तामाङ नाचले स्वागत गरेका थिए । राजकुमार ह्यारीले गौडा मावि ओखरेका विद्यार्थीसँग भलिबल खेल्दै हुनुहुन्छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी ज्ञानमणि नेपालले स्वागत गर्नुभयो ।

राजकुमार ह्यारीले वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका गौडा माविको अवलोकन गर्नुभयो । गोरखा कल्याणकारी योजनाले यस क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माण गर्दैछ ।

प्रतिक्रिया