पथरीशनिश्चरेमा सडक निर्माणको लहर

इनेप्लिज २०७२ चैत ८ गते १२:२६ मा प्रकाशित

a (1)

पथरी, ८ चैत ।
मोरङको पथरीशनिश्चरेका वासिन्दा सडक कालोपत्रे गर्ने अभियानमा लागिपरेका छन्् । पथरीशनिश्चरेको वडा नं. ९, १० र १५ जोड्ने करिव एक किलोमिटर सडक र वाड नं.१ का बाटोहरु नेपाल सरकारको आर्थिक सहयोग र स्थानीयवासीको आर्थिक तथा श्रमदानबाट कालोपत्रे गर्ने काम भइरहेको हो । पथरीशनिश्चरे नगरपालिका घोषण भए सँगै नगरवासीको विकास निर्माणप्रति सहभागिता बढेको हो । स्थानियको सक्रियतामा डोजर लगाएर नाली सहित ३३ फिट चौडा बाटो बनाउने काम भईरहेको छ । जसका लागि सहरी विकास मन्त्रालयबाट ३० लाख र उपभोक्ताबाट ३० लाख गरी जम्मा ६० लाख बराबरमा सडक कालोपत्रे गर्ने कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष ऋषिराज पौडेलले बताउनु भयो । सडक फराकिलो बनाउने क्रममा जग्गा धनिले आफ्नो जग्गाको क्षेत्र भित्र लागेको रकम स्वयम्ले तिर्ने व्यवस्था गरिएको छ । आफ्नो जग्गाभित्रको प्रतिफिट सात सयका दरले स्थानीय वासिन्दाले रकम संकलन गरेका छन् । ८ सय मिटर लम्बाई रहेको उक्त सडक निर्माण भइसकेपछि पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ९, १०, १५ र बयरवन गाविसका केही वडाका वासिन्दाहरु लाभान्वीत हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो

प्रतिक्रिया