बस दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ चैत ६ गते ४:०३ मा प्रकाशित

Road Accidentचौतारा, ६ चैत । सिन्धुपाल्चोकको फुल्पिङकट्टी गाविसमा गए राति यात्रु बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वडा– ६ का ५५ वर्षीय रामबहादुर कामी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १९ जनालाई ललितपुरको बिएन्डबी अस्पताल र अन्यको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार काठमाडौँबाट फुल्पिङकट्टी जाँदै गरेको बा१ख ९३४३ नंको यात्रु बस शुक्रबार बेलुका लुपसिङ भन्ने ठाउँमा सडकबाट करिब १०० मि तल खसेर दुर्घटना भएको थियो । कच्ची ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया