गाउँबस्तीमै गएर ‘न्याय संवाद’ कार्यक्रम

इनेप्लिज २०७२ चैत ६ गते ४:०० मा प्रकाशित

jumla_nepal-mapजुम्ला, ६ चैत । जिल्ला अदालतले गत वर्षदेखि गाउँबस्तीमै पुगेर ‘न्याय संवाद’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अदालतले दिने न्याय सेवाका बारेमा सर्वसाधारण जनतालाई सचेतीकरण दिने ध्येयले गाउँबस्तीमै सो कार्यक्रम सञ्चालन गरिँदै आएको स्रेस्तेदार अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।

अदालतले दिइरहेको न्यायसँग सम्बन्धित कुराको सहजीकरण गर्न जिल्ला न्यायाधीश सहितको टोली गाउँमा पुग्ने गरेको अधिकृत पाण्डेले बताउनुभयो । अहिलेसम्म ग्रामीण नागरिकलाई पहुँचवालाको पक्षमा फैसला हुने, मुद्दा धाउँदा धनको सत्यानाश गर्नुपर्ने, घुस दिँदा मुद्दा जितिन्छ भन्ने जस्ता गलत भ्रमको पर्दाफास गर्न तीन वर्षदेखि न्याय संवाद कार्यक्रम सञ्चालन भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया