गुलरिया (बर्दिया), ६ चैत । गुलरिया नगरपालिका–७ बस्ने कालुराम थारु यतिबेला उन्नत जातको चैते मकैखेती गरिरहेका छन् ।
गत वर्ष सोचेभन्दा बढी मकै आम्दानी लिन सफल भएपछि अहिले कालुरामका छिमेकीले चैते मकैखेती गर्न थालेका छन् । यसअघि परम्परागत खेती गर्दा राम्रो आम्दानी लिन सकेकाले नगरपलिकाका विभिन्न समूहका २० भन्दा बढी किसानले उन्नत जातका हाइब्रिडसी १९२१, अरुण २ र रामपुर कम्पोनेन्ट नामका मकैखेती सुरु गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको मकैको उत्पादन कार्यक्रमअन्तर्गत विभिन्न समूहमा आबद्ध भएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको छ ।
पाताभार गाविसका सुशील चौधरी कम समयमा धेरै उत्पादन हुने हुँदा उन्नत जातको मकैखेती गरिएको बताउनुहुन्छ । कृषि विकास कार्यालयले समय समयमा प्राविधिक सल्लाह पनि दिने गरेका छन् । अनुदानमा मलको व्यवस्थासमेत हुनुपर्ने माग किसानले राखेका छन् ।
प्रतिक्रिया