नयाशक्ती नेपाल र नयाशक्ती भिन्नता बारे भारत,गुजरातबाट नवीन साँउद यस्तो लेख्नुहुन्छ।

इनेप्लिज २०७२ चैत ४ गते १८:४१ मा प्रकाशित

IMG_7907

बाबुराम भट्टराई को नयाँ शक्ति र श्री घनश्याम चम्लागाई को नेतृत्व को नयाँ शक्ति नेपाल मा आकाश पातल को फरक:
आज बाट करिब १ बर्ष पहिले देखी नै शान्ति निकास र बिकास लाई मुल नारा बनाएर देश को भद्रगोल राजनीतिक परिस्थिती को असर बाट बिदेशी को दास बन्न बाध्य नेपाली होनहार युवा युवती लाई लक्षित पार्दै आफ्नै देशमा फर्काउने र स्वदेश मा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भई बस्न बाध्य जनताको लागी र नेपाल लाई एक सबृद्शाली रास्ट्र बनाउन श्री घनश्याम चम्लागाई ज्यु ले चाल्नु भएको कदम हो/ उहाँको महान बिचार लाई आत्मसात गर्दै हामिहरु सो नयाँ शक्ति नेपाल को महाअभियान आबद्ध भएका हौ/ स्वदेश को बिग्रदो परिस्थिति ले देश मा कुनै कलकारखाना उधोग धन्दा संचालन न भएर बेरोजगार को समस्या उत्पन्न भई अति नै दु:ख कष्टका साथ बिदेशको खाडिमा पसिना चुहाउन बाध्य नेपाली युवा युवती र स्वदेश मै अहिलेका राजनीतिक पार्टी बाट दिक्क र वाक्क को सामना गरि रहनु भएका नेपाली जनता नयाँ नेपाल को लागी रास्ट्रप्रेमी भावना बिक्दै देशमा शान्ति निकास र बिकास लाई आत्मसात गर्दै देश लाई एक नयाँ अबस्थामा परिवर्तन गर्न को लागी उठाईएको आवाज तथा अभियान नै घनश्याम चम्लागाई नेतृत्व को नयाँ शक्ति नेपाल हो/ यो अभियान को निर्माण केन्द्रिय संयोजक श्री घनश्याम चम्लागाई ज्यु ले फेसबूक संजाल मार्फत गर्नु भएको थियो / नेपाली राजनीतिमा दश बर्ष सम्म युद्ध को कमान्ड गर्नु भएका अर्थात १७ हजार नेपाली आमाका सहिदहरुको खुन को बदला तिर्न न सकि जनयुद्ध मा ज्यान आहुती दिनु भएका महान योद्धाको सपनाहरू अधुरै राखी उनिहरु ले दिएको देश र जनता को बलिदान लाई भुल्दै पुरानो पार्टी परित्याग गरि देशका ठुलाठुला धनाढय र उधोगपति र देशमा विभिन्न किसिमका आरोप प्रत्यारोप देखी कला क्षेत्रका रंगीन हस्तीलाई समेटदै निर्माण गरिएको नयाँ शक्ति नै बाबुराम भट्टराई को नयाँ शक्ति हो/भट्टराई द्वारा निर्माण नयाँ शक्ति कुनै गरिब गरिखाने नेपाली जनताको हितमा नभई केवल धनी हाली मुहाली गर्ने बहालवालाहरुको नै हितमा देखिन्छ / अहिलेको यो अबस्थामा श्री घनश्याम चम्लागाई द्वारा निर्मित नयाँ शक्ति नेपाल लाई धरापमा फालेर नेपाली जनतामा भ्रम फैलाए पनि आखिरमा त्यो कुरालाई नेपाली जनताले बुझेर कुन नयाँ शक्ति लाई सहयोग र समर्थन गर्ने भन्ने कुरा को निर्णय गर्ने छन/
# घनश्यामको नयाँ शक्ति नेपालका लक्ष्य उदेश्य र विशेषताहरु:
१) शान्ति निकास र बिकास नयाँ शक्ति नेपालको मुल नारा
२) देशका बेरोजगार गरीब पीडित देखी लिएर बिदेशको खाडिमा पसिना चुहाउन बाध्य नेपाली युवा युवती बाट उठेको एक महान अभियान को आवाज
३) केन्द्रिय संयोजक श्री घनश्याम चम्लागाई देखी नयाँ शक्ति नेपालका सम्पुर्ण सदस्यहरु नयाँ मुहार अथवा अहिलेसम्म नेपाली राजनीतिमा देखा न परेर पछाडि लुकेर बस्न बाध्य युवायुवती हरु
४) अहिलेसम्म कुनै पनि मुद्दा मामिला न लागेका सदस्यहरुको सहभागिता
५) क्षमता अनुसारको आफ्नो खल्ती बाट रकम संकलन गर्दै विभिन्न किसिमका सामाजिक काम गर्ने
६) नयाँ शक्ति नेपालको महानअभियान मा होमिनु भएका सदस्यहरु कुनै पनि पद वा स्वार्थ को लागी नलागी देश परिवर्तन गर्ने सपनाहरू बोकेर आबद्ध भएका/
# बाबुरामको नयाँ शक्तिका लक्ष्य उदेश्य र विशेषता
१)स्वाधीन सबृद र समाबेशी बाट निर्माण नयाँ शक्ति /
२) एकचोटि सत्तामा पुगेर देश बिकास गर्न नसकी पुरानो पार्टीको जनयुद्ध को समयमा सहिद बनेका नेपाल आमाका सन्तानहरुको सपनाहरू पुरा नगरी पार्टी बाट अलग भै धनाढय र हालीमुहाली गर्ने हरुको साथ लिई निर्माण गरिएको नयाँ शक्ति /
३)नयाँ शक्ति भनिएता पनि सो मा कुनै नयाँ मुहार र अनुहार नभएका सदस्य हरु सहभागिता भएको/
४) जनयुद्ध कालदेखी शान्ति सम्झौता नहुदा सम्म हरेक किसिमका आरोप प्रत्यारोप मुद्दा मामिला लगायत भ्रष्टाचारको कालोबजारी मा समेत नाम आएको पुष्ठि /
५) नयाँ शक्तिमा आबद्ध सदस्यहरु लगायत बाबुराम भट्टराई स्वयंमले जनता सामु गरिने कार्य लगायत पार्टीको खर्च ब्याबस्थापन मिलाउने कामको लागी खल्ती बाट रकम सर्बदान नगरी जनताबाट मोटो रकम तोकेर चन्दा उठाउने गरेको खुलाशा/
६) नयाँ शक्ति मा आबद्ध सदस्यहरु कुनै गरिब निमुखाहरु नभई स्वार्थ र पद को लालचमा अगाडि आएका धनीहरुको अभियान /
करन साउद
नयाँ शक्ति नेपाल

IMG_7906

प्रतिक्रिया