रेडपाण्डाको छालासहित पक्राउ

इनेप्लिज २०७२ चैत २ गते १३:३८ मा प्रकाशित

काठमाडौँ, २ चैत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित महानगरीय अपराध महाशाखा टेकुले आज दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने काभ्रे महाँकाल–८ का ३० वर्षीय लोकविक्रम लामा र काठमाडौँ बौद्ध नयाँबस्ती बस्ने काभ्रे शिखर गाविस–३ का प्रेम लामा छन् । स्वयम्भूमा बिक्री वितरण गर्न छाला लिई हिँडिरहेको अवस्थामा दुईथान छाला र बा७०प ७४५२ नम्बरको मोटरसाइकलसहित महाशाखाको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया