चट्याङ लाग्दा तीन महिला घाइते

इनेप्लिज २०७२ चैत २ गते ३:४० मा प्रकाशित

thunderstromeकालीकोट, २ चैत । जिल्लाको भर्ता गाविसमा सोमबार परेको चट्याङ लागेर तीन जना महिला घाइते भएका छन् ।

भर्ता गाविस–६ को छाप्रे गाउँमा एकै घरका तीन महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ । कार्यालयका अनुसार घाइते हुनेमा गौमता सुनार, किटी सुनार र हीराकुमारी सुनार रहेका छन् ।

उनीहरु घरमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा घाइते भएको बताइएको छ । घाइतेमा एक जनाको अवस्था गम्भीर रहेको छ भने तीनै जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको बताइएको छ ।

चट्याङ लाग्दा घरमा रहेको एउटा भैँसीसमेत मरेको स्थानीय गगन मल्लले बताउनुभयो । केही महिनाअघि चट्याङ लाग्दा रास्कोटमा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया