समुन्द्रमा डुबेर भण्डारीको मृत्यु
इनेप्लिज
२०७२ फागुन २८ गते १४:४५ मा प्रकाशित
दमक, २८ फागुन । समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ । वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी–७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।
गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भए पनि भण्डारीको परिवारलाई भने १३ दिनपछि हिजो बिहीबारमात्र जानकारी आएको मृतकका दाजु भुवन भण्डारीले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका भण्डारी रोजगारीका क्रममा दुबई पुग्नुभएको थियो । उहाँको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको तथा मृतक भण्डारीको शव यही चैत १ गते नेपाल आइपुग्ने छिमेकी महेन्द्र अधिकारीले बताउनुभयो ।
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
प्रतिक्रिया