पौडेललाई चिन्ता नलिन देउवाको यसरी आयो सान्त्वना
काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र चुनावलाई लिएर चिन्ता नलिन रामचन्द्र पौडेललाई सम्झाउनु भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति र समर्थकहरूले आज बिहान बुढानीलकण्ठस्थित निवासमा शुभकामना दिन पुगेको टोलीसँग सभापति देउवाले पौडेललाई पराजयलाई लिएर धेरै चिन्ता नगर्न आग्रह गर्नुभएको हो । नेविसंघका नेता ऋषिकेश जंग शाहका अनुसार सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको छ । ‘यो चुनाव एउटा प्राविधिक विषय मात्रै हो । यसलाई आन्तरिक चुनावका रुपमा मात्रै लिनुपर्छ’, नवनिर्वाचित सभापति देउवालाई उदृत गर्दै शाहले भन्नुभयो, ‘मैले जिम्मेवारी मात्रै पाएको हुँ । सबै साथीहरूको सहयोग र सल्लाहमा कांग्रेसलाई अगाडि बढाउँछु ।’ देउवाले पराजित भएका अन्य उम्मेदवारहरूलाई पनि चुनावी प्रतिस्पर्धालाई धेरै ठूलो विषय नबनाउन पनि आग्रह गर्नुभएको छ । सभापति देउवासँगको भेटका क्रममा नेविसंघको महाधिवेशन छिटो गराउन पनि माग गरिएको थियो । जवाफमा देउवाले यस विषयमा आगाडि छ मिहनाभित्र एउटा निर्णय गरिने आश्वासन दिनुभएको छ । नेविसंघका नेताहरूले स्थानीय निकायको चुनवा, स्ववियु निर्वाचन आदिमा कांग्रेसको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए । सभापतिमा निर्वाचित देउवालाई शुभेच्छुक र समर्थकहरूले शुभकामना तथा बधाइ दिँदै आएका छन् ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया