मनाङ र मुस्ताङबाट एसएलसीमा कम विद्यार्थी

इनेप्लिज २०७२ फागुन २७ गते १:१४ मा प्रकाशित

slcपोखरा, २७ फागुन । आगामी चैत महिनाको १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा मनाङ र मुस्ताङबाट कम विद्यार्थी सम्मिलित हुने भएका छन् ।

मनाङका चार सामुदायिक र एक खुल्ला विद्यालयबाट जम्मा ६५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय मनाङका शाखा अधिकृत खुलानाथ गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, मुस्ताङमा १३६ जना विद्यार्थी परीक्षामा सम्मिलित हुने मुस्ताङका जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले बताउनुभयो ।

सो जिल्लामा सात सामुदायिक, एक संस्थागत र एक खुल्ला विद्यालय सञ्चालनमा रहेका छन् । एसएलसी परीक्षाका लागि सम्पूर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएका छन् ।

प्रतिक्रिया