चेपाङ केन्द्रमा निर्माण हुन लागेको सुविधायुक्त २ भवनको एकैसाथ शिलान्यास, सौराहा लायन्सको संयोजनमा कार्यक्रम
चितवन, २४ फागुन । चितवनको रत्ननगरमा चेपाङ बालबालिकाका लागि बन्न लागेको २ भवनको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको छ ।
लायन्स क्वल अफ चितवन सौराहाको संयोजनामा गामबेशी चेपाङ संरक्षण केन्द्रमा आज भएको औपचारिक कार्यक्रममा उक्त दुई वटा भवनको शिलान्यास भएको हो । करिव रु २७ लाखको लागतमा भवन बन्न लागेको जनाईएको छ ।
गामवेशी चेपाङ संरक्षण केन्द्रका सल्लाहकार डा ढुंडिराज पौडेलको संयोजनमा रु २५ लाख लागतमा सुविधायुक्त हल निर्माण हुन लागेको हो । यस्तै अष्ट्रियामा बस्दै आउनुभएकी चितवन माडीकी मायाँ लामा, (मुलर)ले आफ्ना सहयोगी र साथीभाईहरुबाट संकलन गरेको करिव रु २ लाख बढीको लागतमा भान्छा कोठा निर्माण गर्न थालिएको छ ।
लायन्स क्वल अफ चितवन सौराहाका सचिव शीरलाल परियारको पहलमा लामाले धन्यवाद नेपाल हिल्फे भन्ने संस्था मार्फत भवन निर्माणका लागि सहयोग उपलव्ध गराउनु भएको हो ।
सोही कार्यक्रममा डा पौडेलले चेपाङ बालबालिकाको लागि बहिनी र आफ्नो तर्फबाट रु ७१ ह्जार रुपैयाँ समेत चेपाङ संरक्षण केन्द्रको अक्षयकोषमा सहयोग प्रदान गर्नुभएको छ ।
सोही क्रममा डा धर्मदत्त सुवेदीबाट रु १० हजार तथा लायन नवराज सापकोटाले रु २ हजार ५०१ रुपैयाँ चेपाङ बालबालिकाका लागि सहयोग गर्नुभयो ।
सो क्रममा मायाँ लामाले विदेशमा मम र समोसा बेचेर रकम संकलन गरी सहयोग गरेको भन्दै यसअघि पनि विभिन्न क्षेत्रका भुकम्प पिडित एवं चेपाङ बालबालिकालाई सहयोग गरेको जानकारी दिनुभयो ।
लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष प्रकाश चन्द्र भट्टराईको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रम लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक ३२५ वी २ का प्रथम भाईस गभर्नर धनश्याम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा लायन रामप्रसाद भट्ट, लायन कमल श्रेष्ठ, लायन नारायण भट्टराई, दिपेन्द्र खतिवडा, निरज श्रेष्ठ लगायतको सहभागिता थियो ।
गामवेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले यस्तै सहयोगका भरमा यहाँ अहिले १४० चेपाङ बालबालिकाले आवासिय सुविधा सहित पढिरहेको बताउनुभयो ।
उहाँले यो अभियान २०६५ सालबाट शुरु गर्नुभएको र अहिलेसम्म विभिन्न क्षेत्रमा गरी ३१७ जना बालबालिकालाई आवासीय सुविधा सहित पठनपाठनको व्यवस्था मिलाएको बताउनुभयो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया