संविधान सहिदको बलिदानले आएको होः मन्त्री गजुरेल

इनेप्लिज २०७२ फागुन २१ गते १४:१५ मा प्रकाशित

Haribol-Gajurelगाईघाट (उदयपुर), २१ फागुन । कृषि विकासमन्त्री हरिबोल गजुरेलले वर्तमान संविधान सहिदले बगाएको रगत र बलिदानले आएको बताउनुभएको छ ।

हर्देनी गाविसस्थित जनयुद्ध कालमा सहिद भएका जिल्लाका ६ सहिदको नाममा निर्माण गरिएको सालिकको आज उद्घाटन गर्दै मन्त्री गजुरेलले भन्नु भयो,“ वर्तमान संविधान वीर सहिदहरुले बगाएको रगत र बलिदानले गर्दा आएको छ, तर अब यसलाई कार्यन्वयन गर्न चुनौती रहेको छ ।”
सांसद भेषकुमारी राउतले सहिदको सम्मान गर्न संविधान कार्यन्वयनमा जोड दिनुपर्ने धारणा राख्नु भयो ।

सांसद राउतले संसदीय कोषबाट रु पाँच लाख ५० हजार रकम उपलब्ध गराएर उक्त हर्देनी गाउँबाट नै जनयुद्धमा ज्यान गुमाएका ६ सहिदको सालिक निर्माण गरिएको हो ।

सहिद खडग राउत, ईन्द्रकुमारी श्रेष्ठ, प्रेमकुमारी श्रेष्ठ, देवकुमारी दमाइ, डोलराज कोइराला, लेखबहादुर सुनुवारका नाममा उक्त सालिक निर्माण गरिएको हो ।

विसं २०५४ देखि ६० सम्ममा उक्त गाउँबाट मात्र ६ जना सहिदले साहदत प्राप्त गरेको एकीकृत माओवादी उदयपुरले बताएको छ ।

उक्त कार्यक्रममा सहिद परिवारलाई मन्त्री गजुरेलले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया