प्रेस चौतारी उदयपुरको अध्यक्षमा परियार

इनेप्लिज २०७२ फागुन २१ गते १:४४ मा प्रकाशित

गाईघाट (उदयपुर), २१ फागुन । प्रेस चौतारी नेपाल उदयपुर जिल्लाको बिहीबार भएको पाँचौँ जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

बिहीबार औपचारिक रुपमा अधिवेशनको खुल्लासत्र सम्पन्न भएपछि बन्दसत्रले बबिता परियारलाई चौतारीको अध्यक्षमा चयन गरेको छ ।

प्रेस चौतारी उदयपुरका अनुसार नयाँ कार्यसमितिका उपाध्यक्षमा जीवनाथ दाहाल, सचिवमा गणेश उप्रेती, कोषाध्यक्षमा हरि ढकाल र सहसचिवमा ईश्वर बलाम्पाकी मगर चयन भएका छन् ।

यस्तै, नयाँ जिल्ला कार्यसमितिका सदस्यहरुमा हीरा राई, हीरालाल अधिकारी, करुणा कार्की, राकेश नेपाली, सुमित्रा कोइराला, तुलसी चौलागार्इं रहेको कुरा प्रेस चौतारी उदयपुरले बताएको छ ।

नवगठित जिल्ला समितिका अध्यक्ष परियार यसअघिको समितिमा जिल्ला सचिव रहनुभएको थियो ।

गठन भएको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत ढङ्गबाट चयन भएको कुरा चौतारीका पूर्व जिल्ला अध्यक्ष भरत खड्काले बताउनुभयो ।

गाईघाटस्थित नगरपालिकाको हलमा आयोजना गरिएको चौतारीको पाँचाँै जिल्ला अधिवेशनका प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय सदस्य बलदेव चौधरी रहनुभएको थियो ।

अन्य अतिथिहरु नेकपा (एमाले) उदयपुरका अध्यक्ष ईश्वरमणि राउतसहितका जिल्ला नेता तथा प्रेस युनियन, क्रान्तिकारी पत्रकार सङ्घ, फोनिजसहितका पत्रकारका जिल्ला प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

यस्तै, विशेष अतिथिमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेत रहनुभएको थियो ।

प्रतिक्रिया