छुरा प्रहारको अभियोगमा पक्राउ

इनेप्लिज २०७२ फागुन १९ गते १५:१० मा प्रकाशित

विराटनगर, १९ फागुन । विराटनगर–७ मा आज छुरा प्रहारबाट दुई जना घाइते भएका छन् । कटहरि–१ सिंग्याही खोलापारी बस्ने २२ वर्षीय जितेन्द्र सहनी र सोही ठाउँ बस्ने २५ वर्षीय सञ्जय साह घाइते भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

घाइते दुवैजनालाई विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ र सहनीको अवस्था गम्भीर छ । सामान्य विवादका क्रममा सोही ठाउँ बस्ने २० वर्षीय अजयकुमार कामतलगायत अन्य दुई जनाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारको अभियोगमा कामतलाई पक्राउ गरीएको र अन्य दुई जनाको खोजतलास जारी रहेको छ ।

प्रतिक्रिया