पार्टी सभापति हुदैमा सुनको भात खान मिल्दैन कुनै अमरत्व प्राप्त हुदैन !

इनेप्लिज २०७२ फागुन १७ गते २३:२० मा प्रकाशित

dev khanal

१३ औ महाधिबेशन कांग्रेस पार्टी भित्र रडाको कांग्रेस पार्टीमा संकट l आपसमा सहमति खोज्न नसक्ने पदीय लोभमा लम्पसार पर्ने प्रवृति देख्दा मनमा दुख लागेको छ l नेपाली कांग्रेसको ६८ बर्षको इतिहास साछी छ l जसले राणासाशन, एक तन्त्रिय साशन पंचायत ब्यबस्था हटाउन सफलता प्राप्त गरि देशमा जनता बाट, जनताका लागि गरिने बहुदलीय व्यस्था हुदै संघिय गणतन्त्र सम्म आइपुग्दा कोइराला परिबारको अहम भूमिका स्मरण गराउन चाहन्छु l

पार्टीमा आज जुन खराब प्रवृति देखापरेको छ हिजो पनि सोहि अनुसारको चरित्र रहेको भए सायद नेपाली जनताले आजको संघिय गणतान्त्रिक नेपालको अनुभूति गर्न पाउने अवस्था रहने थिएँन l आज कांग्रेस पार्टीलाई मागी खाने भाडोको रुपमा प्रयोग गरिएको हुदा आजको परिस्थति खडा भएको छ l पार्टीको आडमा गरिने भ्रस्टाचारबाट देश डुब्न लागेको अवस्थामा पुगेको छ यसको पछाडी कारक तत्व नेतामा असक्षमता नै मूल कारक बनेको छ l

आफुलाई स्थापित गर्नका लागि जुनसुकै हर्कत गर्ने प्रवृतिले पार्टीमा बिकृति फैलिएको छ ! कांग्रेसमा इमान्दार कार्यकर्ता कुरा सुन्नका लागि गाउ जानु पर्ने परिस्थिति सिर्जना भएको छ ! दम्भ, पैसाका भरमा कांग्रेसको खोल ओडी गाउ , सहर, जिल्ला , हुदै केन्द्रीय स्तर सम्म पुगेका छन् जसले नेताहरु समेत लाई खरिद गरि आफनो अनुकुलको नेताको चयन गर्दै सक्तिको आडमा भ्रस्टाचार, कालाबजारी , ठुला ठुला ठेक्का पट्टा हात लिएका थुप्रै प्रमाण हरु देखा परेका छन् l

नेपाली कांग्रेस पार्टीमा परिबर्तनको खाचो टड्कारो रुपममा छ यो सबै कार्यकर्ता देखि नेताहरु लाई थाहा छ ! रामचन्द्र पौडेल र सेर बहादुर देउवाले पार्टीका कार्यकर्ता देखि समान स्थरका नेताबाट विश्वास गुमाई सकेका छन् जसले भोलिको दिनमा पार्टीलाई गति दिन सक्दैनन् ! यहाँ पार्टीलाई सक्रिय होइन आफ्नो इतिहास कसरि रच्ने भन्ने भागबन्डाको खेलमा लागेका छन् l बेला बिते पछि परिबर्तन खोजि गर्दा सम्भब छैन l

१३ महाधिबेशन लाई अवसरको रुपमा सदुपयोग गर्न सकियो भने मात्र पार्टी र कार्यकर्ताले परिबर्तनको अनुभूति गर्ने छन् र जनतामा नया उर्जा प्राप्त हुनेछ ! भोलिको संसदीय निर्बाचन , संघिय पर्न्तिय निर्बाचन, नगर गाउ निर्बाचनमा जनताको विश्वास प्राप्त हुनेछ l रामचन्द्र पौडेल ६० को उमेद्वार देउवा ४० को भएर सभापतिमा चुनाब लड्नुको औचित्य छैन यसले ६०, ४० को अन्त्य हुन्छ भनेर कलपना गर्नु बेकार हुन्छ l रामचन्द्र पौडेल,सेर बहादुर देउवा हाम्रा आदरणीय नेता हुन् यो कुरामा संका छैन l

यहाँ कुरा के छ भने पार्टीलाई जिबन्त दिनलाई नेताले त्याग गर्न सक्नु पर्यो l मलाई लाग्छ नेपाली कांग्रेसमा सबै नेताको हैसियत बराबरी हुने परम्परा टुटेको छैन सबै अग्रजहरुलाई सम्मनको रुपमा राखिएको छ l पार्टी सभापति हुदैमा सुनको भात खान मिल्दैन कुनै अमरत्व प्राप्त हुदैन l नया युगमा प्रबेश गरु नया नेपाल बनाउने चाहना राखौ l अमेरिकाको डेमोक्रेटिक राजनैतिक पृष्ट भूमिमा क्लिन्टन परिवार लाई उछिन्दै युबा नेता बरक ओबामा जनताका विश्वास प्राप्त बने जसले बिग्रिएको अमेरिकन अर्थतन्त्रलाई आफनो पहिलो कार्यकाल परिबर्तनको रुपरेखा प्रस्तुत गरे भने दोस्रो कार्यकालमा अमेरिकालाई सही ट्राकमा ल्याउन सफल राजनैतिक नेताको रुपमा बिदा हुदै छन् यो कुरालाई नेपाली कांग्रेस पार्टीले मनन गर्ने सहि मौका आएको छ l

१३ महाधिबेशन बाट पनि गणितीय भाग बन्डाका आधारमा सभापतिको चयन हुनु लाई नेपाली कांग्रेस पार्टीलाई धरासाही दुर्भाग्य हुने छ ! सबैको साझा उम्मेदवारको पहिचान गरौ कांग्रेस पार्टीलाई नेपालको नबर एक पार्टीको रुपमा स्थापित गरौ !!

जय नेपाल !!

प्रतिक्रिया