गजलमाला पुरस्कार प्याकुरेललाई

इनेप्लिज २०७२ फागुन १६ गते २:०० मा प्रकाशित

12800408_927401477356718_8906207810156766113_nपथरी (मोरङ), १६ फागुन । उर्लाबारी गजल मञ्चले २०७१ को ‘गजल माला पुरस्कार’ बाट यस वर्ष धादिङकी गजलकार सीता प्याकुरेललाई पुरस्कृत गरेको छ ।

मञ्चले शनिबार बेलुका एक कार्यक्रमको आयोजना गरी नगद रु पाँच हजारसहित प्याकुरेललाई पुरस्कृत गरेको हो ।

उर्लाबारीमा आयोजित पुरस्कार वितरण तथा रचना कार्यक्रममा डा घनश्याम न्यौपाने परिश्रमीले प्याकुरेललाई नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पूर्वाञ्चल भरिका ५० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा स्रष्टाले रचना वाचन गरेर सुनाउनुभएको थियो । यसअघि उक्त पुरस्कारबाट ०६५ मा प्रतिभा प्रक्षिप्त, ०६६ मा नवीन प्राचीन, ०६७ मा राज दिलाञ्जली, ०६८ मा सुशीला भट्ट, ०६९ मा रहस्यविक्रम चिमरीया र ०७० मा विराट अनुपम पुरस्कृत भइसक्नुभएको छ । उर्लाबारी गजल मञ्चको अभियान नयाँ स्रष्टाको पहिचान भन्ने नाराका साथ गजल मञ्चले बर्सेनि गजल विधामा कलम चलाउने तर पुस्तक भने प्रकाशन नगरेका गजलकारलाई सम्मान गर्दै आएको अध्यक्ष युवराज काफ्लेले जानकारी दिनु भयो ।

प्रतिक्रिया