माझीको पुख्र्यौली पेसा सङ्कटमा
पाँचथर, १६ फागुन । तमोर नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय सङ्कटमा परेका छन् ।
गत जेठमा ताप्लेजुङको विभिन्न गाविसमा गएको बाढी पहिरोले माछा बगाउँदा अहिले नदीमा कमै माछा रहेको माझी बताउँछन् ।
बिहानदेखि बेलुकीसम्म जाल हान्दा पनि एक छाक माछा मार्न हम्मेहम्मे हुने गरेको उनीहरु बताउँछन् । माछा मारेर बेच्दै गुजारा चलाउँदै आएका माझीटारका माझी समुदाय चिन्तित भएका छन् । स्थानीय राजेन्द्र माझीले नदीमा माछा अत्यन्तै पातलिएको बताउनुभयो । उहाँले दिनभरिमा एक÷दुई किलो माछा मार्न पनि गाह्रो हुने गरेको उल्लेख गर्नु भयो ।
माछा नदीमा कम भएपछि पुख्र्यौली पेसालाई अवलम्बन गरौँ की नगरौँ भन्ने दोधारमा माझी समुदायका युवापुस्ता रहेका छन् । माछा मारेर स्थानीय फिदिम बजारमा बिक्री गर्दै थिए । तर आजभोलि तरकारी खानै नपुग्ने बताउँछन् । अमरपुर–९ पिनासीघाटका प्रकाश माझीले बाढीले आफूहरुको रोजीरोटी बगाएको बताउनुभयो । हामी व्यापार व्यवसाय गर्दैनौँ ।
हामी त माछा मारेर जीविका चलाउँछौँ । उहाँले थप्नुभयो– “पुर्खालाई खुसी पार्न पनि माछा मार्ने पेसा अङ्गाल्नु पर्छ । जिल्लाको अमरपुर–९ पिनासीघाट, नक्कलेघाट, फिदिम र भारपाको सङ्गममा पर्ने माझीटारसँगै सिम्राघाट र लुमुघाटमा गरी करिब १५० परिवार माझी वर्षौंदेखि माछा मार्ने पेसा अङ्गाल्दै आएका छन् ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया