उद्योग व्यापारलाई प्रवद्र्धन गर्न सरकार तत्पर: मन्त्री पाण्डेय
नवलपरासी, १२ फागुन । नवलपरासीको सुनवलमा सञ्चालित पश्चिमाञ्चलस्तरीय दोस्रो औद्योगिक व्यापार मेला एवम् दोस्रो नवलपरासी महोत्सव सकिएको छ ।
महोत्सवको मङ्गलबार साँझ समापन गर्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले साना ठूला सबैखाले उद्योग व्यापारलाई प्रवद्र्धन गर्न सरकार तत्पर रहेको बताउनुभयो । आर्थिक विकास नभएसम्म देश विकास नहुने भएकाले देशमा आर्थिक विकासका लागि पनि उद्योग व्यापार फस्टाउन जरुरी रहेको उहाँले विचार व्यक्त गर्नु भयो ।
महोत्सव अवधिभरि करिब रु छ करोड ५० लाखको आर्थिक कारोबार भएको आयोजक उद्योग वाणिज्य सङ्घले जनाएको छ । नेपालसहित छिमेकी भारतका गरी करिब दुई लाख दर्शकले मेलाको अवलोकन गरेको सङ्घका अध्यक्ष भीमबहादुर थापाले बताउनुभयो ।
कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धन एवम् सूचना प्रविधिको बृहत् प्रदर्शन गरी मेलामा विभिन्न ३०० वटा कक्ष राखिएको थियो । १२ दिनसम्म सञ्चालन भएको मेलाबाट राष्ट्रिय तथा जिल्लामा उत्पादन गरिएको घरेलु वस्तुको बजार प्रवद्र्धन भएको सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले बताउनुभयो ।
नवलपरासी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तूपाको स्ट्याचु (आकृति) मेलाको मुख्य आकर्षणका रुपमा राखिएको थियो ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया