शनिबार, असार ५ २०७८
काठमाडौं १५:१७
वासिङटन डिसी 05:32

एचडिएनपीको रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ फागुन १२ गते २:०९ मा प्रकाशित

hdnp 2

अमेरिकाको टेक्सासको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय तथा बल्ड डोनर्स अफ अमेरिका टेक्सासको सयुक्त आयोजनामा गत फेब्रुअरी २० तारिख टेक्सासको डि डब्लु जी मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l उक्त रक्तदान कार्यक्रममा उक्त सहरका नगर प्रमुख माइकल ट्रेड्सको पनि उपस्थिति रहेको थियो l

हरेक त्रैमासिक रुपमा हुने रक्तदान कार्यक्रम अन्तर्गत यस पटक पनि सो लाई निरंतरता दिइएको छ l र उक्त रक्तदान कार्यक्रममा कुल १८ जनाले रगत दान गरेका थिए l उक्त संस्थाले उक्त क्षेत्र वरपर बस्ने असहाय ,गरिब तथा घरबार बिहिन पुरुष ,महिला तथा बाल बालिकाहरुलाई त्रैमासिक रूपमा खाना खुवाउने गरेको छ l

hdnp 1

यसको अतिरिक्त संस्थाले यस्ता मानिसहरुका लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरूलाई सशक्तिकरण गर्ने काम पनि गरी रहेको छ । हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत विशेष सहयोग प्रदान गर्दै आएको जानकारी संस्थापक देवी आचार्यले बताए l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया