अनेरास्ववियुको अध्यक्षमा नविना लामा भारी मतले विजयी, नेतृत्वमा प्यानलै आयो

इनेप्लिज २०७२ फागुन ९ गते १५:५९ मा प्रकाशित

thumb

काठमाडौं, ९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा नविना लामा भारी मतले विजयी भएकी छिन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार २२ औं राष्ट्रिय महाधिवेशनबाट बहुमत ल्याउँदै लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । यसैगरी नेतृत्वमा लामाको प्यानलै निर्वाचित भएको छ । पछिल्लो ताजा परिणाम अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा र सुनिता बराल, महासचिवमा ऐन महर, सचिवमा आरसि लामिछाने, समिक बडाल, मकर खडका र सुदेश पराजुली, कोषाध्यक्षमा झपिन्द्र खत्री, निर्वाचन विभागमा तुलसी मैनाली, अनुशासन विभागमा निशा अधिकारी र लेखा विभागमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन् । अन्यको विवरण आउने क्रम जारी छ । मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । केहीबेरमा पुरा विवरण प्रस्तुत गरिनेछ । नयाँ नेतृत्व चुनिएसँगै एमाले सचिव प्रदीप ज्ञवालीले बधाई तथा शुभकामना दिएका छन् । अगाडि भनेका छन- अध्यक्ष नवीना लामा, महासचिव ऐन महर लगायत अनेरास्ववियुको नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाइ र सफल कार्यकालको शुभकामना !’

प्रतिक्रिया