साउदी अरब, ६ फागुन । आर्थिक अभावका कारण अनाथ तथा सुस्तःमनस्थितिका बालबालिकाको पठनपाठन प्रभावित भएको भन्दै गोर्खाको एक विद्यालयलाई प्रवासी महिलाले आर्थिक सहयोग गरेका छन् ।
ओमानमा क्रियाशील नेपाली महिलाको संस्था नेपाली महिला समूह ओमानले गोर्खाको नारेश्वर–१४ मा रहेको विन्ध्यावासिनी नारेश्वर अपाङ्गलय दुम्श्री प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।
अपाङ्ग, अनाथ तथा सुस्तःमनस्थितिका बालबालिका अध्ययनरत रहेको उक्त विद्यालयलाई समूहले रु ५१ हजार १५१ आर्थिक सहयोग गरेको हो ।
आर्थिक अभावका कारण अनाथ तथा सुस्तःमनस्थितिका बालबालिकाको पठनपाठनमा समस्या नआओस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समूहकी अध्यक्ष पार्वती श्रेष्ठले बताउनुभयो ।
विद्यालयमा अपाङ्ग, अनाथ तथा सुस्तःमनस्थितिका गरी १३ जना बालबालिका अध्ययनरत छन् ।
प्रतिक्रिया