गंगामाया अधिकारी अार्इसीयूमा भर्ना

इनेप्लिज २०७२ फागुन ५ गते २:४९ मा प्रकाशित
ganga-maya-birकाठमाडौँ, ५ फागुन । छोराको हत्यारालाई कारबाही हुनु पर्ने मागका साथ अनसनमा बसेकी गंगामायाको स्वास्थ्यस्थिति बिग्रिएपछि मंगलबार वीर अस्पतालको आईसीयुमा भर्ना गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितका अनुसार गंगामायालाई खुट्टाको नसा सम्बन्धि रोग डिभिटी (डिप भेन थ्रम्बोसिस) ले गलाएको छ ।
‘३ वर्षदेखि उहाँको देब्रे खुट्टामा यो समस्या थियो’ पण्डितले भने,‘अहिले आएर दाहिने खुट्टमा पनि त्यही समस्या देखिएपछि अवस्था गम्भीर भएको हो।’ उनलाई हिँडडुल गर्न र सास फेर्न पनि मुस्किल भएपछि अपरान्ह आईसीयुमा राखिएको हो । पण्डितका अनुसार अहिले गंगामायाको अवस्था स्थिर छ ।

प्रतिक्रिया