अमेरिकि राष्ट्रपति निर्वाचन​: नेपालि र नेपालिका साथि हिलारि

इनेप्लिज २०७२ फागुन १ गते ८:५७ मा प्रकाशित

16021307sanu

“कागलाइ बेल पाक्यो हर्ष न बिस्मात” भने जस्तो अमेरिकामा आउदो नोभेम्बरमा हुदै गरेको राष्ट्रपतिको निर्बाचनले अमेरिकि समाज, राजनैतिक दल र अमेरिकि जनतामा तिब्र चासो र सबालजबाफ चलिसक्दा पनि यहा रहेका ९९% नेपालिहरुलाइ चाहि गोरा काकाले जिते पनि गोरि काकिले जितेपनि रत्तिभर चासो देखिएन। नेपालि आफनै समाजको कुवाभित्र मग्न छ भन्दा पनि फरक परेन। करिब करिब साढे ४ लाख नेपालिमा झण्डै २५ हजारको हाराहारिमा हुनुपर्छ अहिलेसम्म नेपालि नागरिक अमेरिकाको नागरिकता बोक्न थालेको र यो सख्यामा यहि जन्मेकालाइ गणना गरिएको छैन। यहि जन्मेका चाहि झण्डै १५ हजारको हाराहारिमा हुनुपर्दछ। के गर्ने यहा बसिसकेपछि यहाको कानुन, निति, सरकारि नियम र कार्यक्रम मान्नै पर्यो चल्नै पर्यो र प्रत्यक्ष परोक्ष दैनिक जनजिबन जोडिएकै हुन्छ नै।  कोरा, झर्रा, उत्ताउला, ठुला ठुला कुरा र सम्भबै नहुने कुरा, पत्याउनै नसकिने कुरा र आदर्शबादि कुरा गरेर के गर्ने? ब्यबहारिक कुरा हुनु पर्यो नि जसले हाम्रो दैनिकिमा सकस नदेओस र लाभप्रद हुनुपर्यो।

नेपालमा २०४७ सालको प्रजातन्त्र पछिको २।४ वटा निर्बाचन र हाम्रा नेपालका जनबादि क्रान्तिकारिहरुका नारा याद आयो। चुनाबमा भोट दिनेलाइ ८ तोला सुन, शहरको घर, जोत्नेलाइ जितेकै भोलिपल्ट जग्गाजमिन, घर घरेडि र मालिक बनाइदिने। गरिब र नाराबाट आकर्षित नहुने कुरै भएन।

युवायुबतिहरु रातभर नुन चिउरा खाएर जनबादि मादल घन्काए तर गरिब र उनिहरुको सपना जहाको त्यहि। १० बर्षे माओबादि आन्दोलनले १७ हजार भन्दा कैयौ गुणा बढिको जिउको इहलिला समाप्त भए, सपना बोक्नेहरु मरे र बाच्नेहरु आज पिडा बोकेर अरब र मलेशिया तिर जान बाध्य भए। अब अमेरिकामा डेमोक्रेट दलका बर्नि सेन्डर र रिपब्लिकनका डोनाल्ड ट्रम्प २ बुढाहरुको कल्पनै गर्न नसकिने, सम्भबै हुन नसक्ने र अमेरिकाले धान्नै नसक्ने गरि प्रतिबद्दता र नारा आफनो दलबाट जसरि पनि छानिने र चुनाब जित्ने सपनामा तल्लिन छन। चुनाबमा हुने फट्टाइ, धुर्तता, मुखको कला, बाडिने सपना र बेकुफ र उल्लु बनाउने रिति चाहि ससारकै तुलोमा राख्दा घटिबढि चाहि नहुने रहेछ। ठाउ र देश अनुसारको भेष भने जस्तै आ आफ्ना छुल्याइ र फट्याइको कला। तर धन्न अमेरिकामा निति, नियम, योजना, कार्यक्रम र एजेण्डा आफनै र अपत्यारिलो ढङ्गले प्रस्तुति गरे पनि बिहारि शैलिको चुनाब चाहि हुदैन अमेरिकामा। ठुला कर्पोरेट हाउस, ठुला कम्पनि र धनिहरुले उम्मेदवारहरुलाइ किन्छन चाहि यहा। जसले गर्दा निर्वाचित भए पश्चात उनिहरुको पक्षमा लबि गरिदिउन र उनिहरुको पक्षमा निति नियम बनाइदिउन। पैसाको खेल बिनाको चुनाब त ससार कै कल्पना भन्दा बाहिर। अमेरिका र अमेरिकि जनता मुलुक र आफु ससारबाट सुरक्षाको अनुभुति चाहन्छन तर रिपब्लिकनको डोनाल्ड ट्रम्पको अभिब्यक्त चुनाबि शैलिले अमेरिका भयमा र असुरक्षामा परिणत हुने पक्का भयो।

आप्रबासि होस या यहा रहेका कडा परिश्रमि कर तिर्ने आप्रबासि र स्वतन्त्रताको अनुभुति गरिरहेका अमेरिकनहरुको भाबना माथि तुषरापात हुने निश्चित छ। अर्कातिर ७८% रोजगारि सिर्जना गर्ने र ७२% कर तिर्ने साना ब्यबसाय र ब्यबसायिहरुलाइ नै ध्वस्त बनाउने गरि २००% करमा ब्रिदि र १५ डलर न्युनतम ज्यालाको प्रस्ताब गर्ने प्रो सोसलिस्ट डेमोक्रेटिक दलका बर्नि सेन्डर अर्को खतरा हुने भयो।

कसरि गर्न सक्छन यिनले निशुल्क पब्लिक कलेज? युवायुबतिहरुको मन जित्न बर्निले तलब र निशुल्क नारा अगाडि ल्याए। जुन कुरा उनि आफै बिस्वस्त छैनन। १५ डलरको नुनतम ज्यालाले कामदारको माग घटि साना ब्यबसायको ओभरहेडमा अत्यधिक बढन गै ४०% साना ब्यबसाय धरासायि हुने र काम पाउन नगदमा दौडिने, ज्याला ब्रिदिले घण्टामा काम गर्नेको आम्दानि बढि मेडिकेयर, मेडिकेड गुम्ने, कर फिर्तिको लाभ गुमाउने र धेरैले रोजगार गुमाउने पक्का छ अनि कहा बाट उठाउछन यिनले कर जसले निशुल्क कलेज र स्वास्थ्य बिमामा सहुलियत धान्न सकियोस। यहि करको टाउको दुखाइ, कामदारहरुको उच्च सुबिधासहितको ओभरहेड, बिमा र अमेरिकि कामदारहरुको कामप्रतिको मोह र जिम्मेवारिमा हुदै गैरहेको मानसिकताले अमेरिकि लगानिकर्ताहरु लगानि गर्न चाइना पुगेको बर्नि सेण्डरले बुझ पचाएको उनि आफैलाइ हेक्का छ। अब यिनिको यो भद्रगोले बिचारले अब कति लगानिकर्ता र ब्यबसायिले अमेरिका छोडेर चाइना र सुरक्षित स्थलतर्फ लाग्ने हुन। ५१ मिलियनबाट फुडस्ट्याम्प ह्वात्तै बढेर जाने, अल्छिहरु बढेर जाने, कर छलि बढ्ने पक्कापक्कि छ। जिबनको उत्तररार्धमा राष्ट्रपति बन्ने धोको यस्तो सपना बाडेर सभब पनि छैन। मैले नबुझेको के हो भने काठमाण्डौको एयरपोर्ट नपुग्दै आफुलाइ प्रगतिशिल भन्ने, मौका परे सोसिलिस्टको नाममा भेनेजुएलाको तात्कालिन राष्ट्रपति ह्युगो चावेजको मरणमा टाउको खौरिनेहरु काला जातिका अमेरिकि राष्ट्रपति बाराकको समर्थनमा खुट्टा उचालि उचालि असाध्य क्रान्त्तिकारि प्रजातन्त्रबादि बनेको अझै याद छ मलाइ।

उनै बाराकका समर्थक प्रगतिशिल भाबना जसले जिन्दगिभर महिला, बालबालिका, आप्रबासि र गरिबहरुको नाममा जिबन उस्सर्ग गरिन, जो प्रथम महिला लेडिको रुपमा नेपाल गएर नेपालिको दुख सुख बुझिन, जसलाइ नेपालिहरुको अमेरिकामा योगदान छ भन्ने थाहा छ, जसले नेपाल र नेपालिको आबाजलाइ बुझ्न सक्छिन र जो असाधरण महिला पनि हुन। न नेपाल र नेपालिको बारेमा न उनलाइ थाहा छ र न उनि हाम्रो आबाजलाइ बुझ्न सक्छन ति बर्नि सेन्डरको नाममा ५० हाते समर्थन किन? कुरो प्रष्ट छ नेपाल र नेपालि जहा रहे पनि हिलारि क्लिन्टन बाहेक अरु कुनै राष्ट्रपतिका उम्मेदवारहरु हाम्रो नजिकका हुनै सक्दैनन। हिलारि नेपालिका लागि, हिलारिले नचिनेको नेपाल र नेपालि बर्निका नक्कलि समर्थकहरु भान्सामा बस्दा भाग कम भएर निउ खोज्ने असन्तोषिहरु मात्रै हुन। नेपालि र नेपालको प्रिय साथि हिलारि जिन्दाबाद। अर्को हप्ता देखि हिलारिको चुनाबि दौरानमा सहयोगि सदस्यको रुपमा आज मात्रै नामाकित हुने अबसर पाए निस्किए म त अब हिलारिको चुनाबि केम्पियनका लागि र आउनुहोस साथ दिन नेपालि र नेपालिका साथिहिलारि।

(लेखक यु एस नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक सभापतिर अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया