सेनाद्वारा मन्दिर सरसफाइ

इनेप्लिज २०७२ फागुन १ गते ३:५६ मा प्रकाशित

कञ्चनपुर, १ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली सेनाको २५ नम्बर बाहिनी अड्डाअन्तर्गतको हनुमानध्वज गुल्मले शुक्रबार मन्दिर परिसरमा सरसफाइ गरेका छन् ।

सो गुल्मले रौटेलामा रहेको बैजनाथ मन्दिर र विष्णु मन्दिर परिसरमा सरसफाइ गरेका हुन् । रौटेलामा फागुन ४ गतेदेखि लाग्ने मेलाको पूर्व सन्ध्यामा सरसफाइ कार्यक्रम गरिएको हनुमानध्वज गुल्म भगतपुरका उपसेनानी राजन विष्टले जानकारी दिनुभयो । सेनाका जवानले रौटेला क्षेत्रमा धर्मशाला निर्माणमा श्रमदानसमेत गरेका छन् ।

प्रत्येक शुक्रबार नेपाली सेनाको टोलीले ‘सेवानै धर्म हो’ भन्ने नारासहित सामुदायिक, धार्मिक र सार्वजनिक क्षेत्रमा सरसफाइको कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया