यसरी भुलेका रहेछन् गायक गोविन्दले संसारै……….

इनेप्लिज २०७२ माघ २९ गते ५:३९ मा प्रकाशित

काठमाडौं । संगीतकार एवम् गायक गोविन्द मधुर आचार्यले ‘संसारै भुलेर’ बोलको नयाँ आधुनिक गीत ल्याएका छन् । लोकदोहोरी, आधुनिक तथा फिल्मका गीतहरुमा स्वर तथा संगीत दिँदै आएका गोविन्दले ‘संसारै भुलेर….’ बोलको शब्द ल्याएका हुन् । आफ्ना सृजनालाई अहिलेसम्म दर्शक र स्रोताले मन पराउने गरेको गोविन्दले बताए । ललितपुरको गोदावरीमा छायाँकन गरिएको यो गीतको निर्देशन फिल्म निर्देशक दीपक ओलीले गरेका हुन् । गीतको शब्द र संगीतअनुसार ओलीले म्युजिक भिडियोलाई न्याय गरेका छन् । गीतको शब्द, संगीत संयोजक र म्युजिक भिडियोको दृश्य कैद तथा सम्पादन सबैको सम्मिश्रणको ताल मिलेको गोविन्दले बताए । आफूलाई सबै खालका गीतसंगीतमा ढाल्ने क्षमता राख्ने गोविन्दले थुप्रै फिल्मका गीतहरुमा संगीत दिएका छन् । म्युजिक भिडियोमा नमिता र खुलस्तको अभिनय रहेको छ । सुदिप सागरको एरेञ्ज रहेको यो म्युजिक भिडियोलाई आशिष म्युजिकले बजारमा ल्याएको छ ।

भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । छायाँकन नबराज उप्रेतीको छ ।

प्रतिक्रिया