प्रणय दिवसको अवसरमा हुवावेको जिआर पाँच

इनेप्लिज २०७२ माघ २८ गते २:२८ मा प्रकाशित

gr 5काठमाडौँ, २८ माघ । प्रणय दिवसलाई लक्षित गरी हुवावे ब्राण्डले आफ्नो सेवा विस्तार गर्दै जिआर पाँच स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

ताम्राकार कम्प्लेक्सले बुधबार पत्रकार सम्मेलन गरी यही फागुन २ गते (फेब्रुअरी १४) मा विश्वभर मनाइने प्रणय दिवसलाई लक्षित गर्दै सो कम्पनीले स्थानीय बजारमा जिआर पाँच मोडलको नयाँ स्मार्टफोन ल्याएको हो ।

न्युरोडका आधिकारिक विक्रेता टेली टु प्रालिका निर्देशक रोशन विष्टले हुवावे कम्पनीले ल्याएको जिआर ५ स्मार्टफोन नेपाली उपभोक्तालाई ध्यानमा राखेर ल्याइएको हो, जसमा उत्कृष्ट फिचरहरु राखिएको छ भन्नुभयो ।

सो स्मार्टफोनमा ५.५ इन्चको एचडी एलसिडी आइपिएस डिस्प्ले राखिएको छ । १०८० एक्स १९२० पिक्सेल रिजोल्युसन भएको डिस्प्लेले उत्कृष्ट दृश्यहरु प्रयोगकर्तालाई प्रस्तुत गर्दछ । जिआर ५ स्मार्टफोनमा आफूलाई मनपर्ने फोटो खिच्नका लागि १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो फोनमा क्वालकमको स्न्यापड्र्यागन ६१६ एमएसएम ८९३९ चिपसेट छ जसमा १.५ गिगाहर्जको एआरएम कोर्टेक्स ‘ए’ ५३ अक्टा कोर प्रोसेसर राखिएको छ । यसको अक्टा कोर प्रोसेसरले विभिन्न एप्स प्रयोग गर्दा तथा अन्य कार्यगर्दा द्रुतरुपमा गर्न सजिलो पार्दछ ।

हुवावेको जिआर ५ फोनमा २ जिबीको ¥याम तथा १६ जिबीको इन्टरनल स्टोरेज रहेको छ, यसको स्टोरेज माइक्रो एसडीको सहयोगबाट बढाउन सकिन्छ । यसमा भएको ठूलो क्षमताको ¥याम र स्टोरेजले आफ्ना फोटो, डकुमेन्ट, भिडियो आरामसँग सेभ गर्न सकिन्छ ।

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा सञ्चालन हुने यो स्मार्टफोनमा तीन हजार एमएएचको ब्याट्री राखिएको छ ।

फोर जी सपोर्ट गर्ने फोनमा वाइफाई, ब्लुटुथ ४.१ भर्सन, युएसबी २.० भर्सनलगायतका कनेक्टिभिटी सपोर्ट गर्दछ भने जिपिएस, ग्लोनासलगायतका फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा उच्च मध्यम अर्थात् हाई मिड रेन्जमा रहेको यो स्मार्टफोनको मूल्य रु ३४ हजार तोकिएको छ ।

प्रतिक्रिया