सञ्चारकर्मी बस्नेतलाई मातृशोक

इनेप्लिज २०७२ माघ २८ गते १:३६ मा प्रकाशित

इटहरी, २८ माघ । सञ्चारकर्मी गोविन्द बस्नेतलाई बुधबार मातृशोक परेको छ । धरान उपमहानगरपालिका–१५ निवासी सञ्चारकर्मी बस्नेतको ६५ वर्षीया माता यबकला बस्नेतको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

केही समयदेखि दमरोगबाट पीडित रहनुभएकी यबकला बस्नेतको दम बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आइसियु श्यया अभावले विराटनगर पु¥याएर उपचार गर्ने क्रममा बुधवार दिउँसो १२ बजे निधन भएको हो । मृतक बस्नेतका दुई छोरा रहेका छन् ।

सञ्चारकर्मी बस्नेत धरान लामो समयदेखि धरान साप्ताहिक, दमकबाट प्रसारण हुँदै आएको हिमशिखर टेलिभिजन र पूर्वेली अनलाइन न्यूजमा कार्यरत हुनुहुन्छ । मृतक यबकलाको शुक्रबार अन्त्येष्टि गरिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया