काँग्रेस सप्तरीद्वारा दुःख व्यक्त

इनेप्लिज २०७२ माघ २८ गते १:३४ मा प्रकाशित

सप्तरी २८ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति सप्तरी काँग्रेसले पनि शोक व्यक्त गरेको छ ।

राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा मङ्गलबार नेता कोइरालाप्रति श्रदाञ्जलि र शोक व्यक्त गरेको जिल्ला कार्यसमिति सदस्य उमेश मिश्रले बताउनुभयो ।

सो शोकसभामा नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उपस्थितिमा शोक पुस्तिकामा सयौँले स्व कोइरालाप्रति शोक व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएको भन्दै उहाँको योगदानप्रति स्मरण गरिएको छ । साथै संविधान निर्माणमा कोइरालाले पु¥याउनुभएको योगदानको समेत स्मरण गरिएको बताइएको छ ।

प्रतिक्रिया