पोखराकी नेहाका हत्यारा उनकै ‘दाई’ भएको खुलासा, मरेपछि लाससँग सेक्स ! (भिडियो)

इनेप्लिज २०७२ माघ २६ गते १:०३ मा प्रकाशित

Satish

पोखरा, २५ माघ । घटना भएको हप्ता दिनपछि प्रहरीले मगर चलचित्रको नायिका समेत रहेकी योरुना पुन ‘नेहा’का हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा पत्रकार सम्मेलन गरी १९ वर्षीय नेहाको हत्यामा संलग्न नाताले धर्म दाई पर्ने २१ वर्षीय सतिश नामका कृतन खड्गीलाई सार्वजनिक गरेको हो ।

पोखरा ९ नयाबजारका गेम हाउस संचालक सतिशले यौनसम्पर्क गर्न प्रस्ताव राख्दा नेहाले नमानेपछि हेलमेटले हिर्काएर बेहोस बनाई शारीरिक सम्पर्क राख्न खोजेको अनुसन्धानमा खुल्न आएको छ । तर, नेहाको टाउको र नाकबाट रगत बगेको देखेपछि उनी भागेको देखिएको छ ।

यसरी भयो घटनाः
Neha-Pun-1कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने सतीशले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताउनुभयो । उहाँका अनुसार अभियुक्तले रिसको झोकमा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् । उहाँले भन्नुभयो- ‘सतीशले नेहामाथि अश्लील हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ ।’

प्रहरीकाअनुसार अनुसन्धानबाट सतीशले गत माघ १८ गते राति नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोडस्थित ओपन टेबुल रेष्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । त्यहाँबाट राति ९ बजेतिर सतीशले नेहा पुर्याउनको लागि आफ्नो मोटरसाइकलको पछाडी राखी नयाँगाउँतर्फ लगेका थिए । घटनास्थल नजिक पुगेपछी सतीशले नेहालाई लेकसाईड तिर घुमौ र त्यतैतिरको होटलमा संगै बसी रमाईलो गरौ, घर नजाउ भन्ने प्रस्ताव राखेका थिए । तर, नेहाले त्यसलाई अस्वीकार गर्दै सतीशलाई अश्लिल शब्द प्रयोग गरी गाली-गलौज गरेकी थिइन् । त्यसपछि रिसको झोँकमा सतीशले हेलमेटले नेहाको टाउकोमा प्रहार गरेका थिए । त्यसलगत्तै योरुना ढलेको र त्यसपछी शारिरिक सम्पर्क राख्न खोज्दा मृतकको नाक र कानबाट रगत बगेको देखेपछि सतीश भागेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

हेर्नुस् भिडियोः

भिडियोः समाचारपाटीबाट

https://www.youtube.com/watch?v=9IsWOgK9_Y0

प्रतिक्रिया