अमेरिका को टेक्सासमा नेपाली बिद्यालय सुरु ,प्रभाबकारी कक्षा संचालनको लागि अभिभाबक समिति गठन (भिडियो सहित )

इनेप्लिज २०७२ माघ २५ गते ७:५४ मा प्रकाशित

vlcsnap-2016-02-07-19h45m33s276

अमेरिकाको टेक्सास राज्यमा नेपालीका साना साना बच्चाहरुकोलागि बिद्यालय संचालन मा ल्याइएको छ। नेपाली समाज टेक्सासले संचालन मा ल्याएको उक्त कार्यक्रम, नेपाली समाज टेक्सास को कार्यालयमा संचालन गरिएको छ। लामो समय देखि शैक्षिक क्षेत्र मा लाग्नुभएका बिज्ञहरु ले निर्माण गर्नु भएको सिलेबस १४ हप्ता को रहेको छ । प्रत्येक आइतबार १ बजे देखि ४ बजे सम्म संचालन हुने उक्त बिद्यालय मा नेपाली, गणित, नैतिक शिक्षा र नृत्य को अध्यापन गराइञ्छ। न्युतम शुल्क राखेर बिद्यार्थी भर्ना लीइ अडियो भिडियो माध्यम बाट कक्षा संचालन गरिने गरिएको जानकारी उक्त विद्यालयका प्रमुख कमल सन्त्याल ले यू एस खबर लाई जानकारी दिनु भयो।

vlcsnap-2016-02-07-19h44m59s642

अमेरिका मा जन्मिएका तथा नेपाल बाट सानैमा अमेरिका आएका नेपाली बालबच्चा लाई नेपाली भाषा, चालचलन, सस्कृति सिकाउने मुख्य उद्धेश्य राखेर संचालन गरेको बिद्यालयमा अध्ययन गरिरहेका बिद्यार्थी हरु नेपाल जादा दोभासे राखेर आफन्त संग कुरा गर्नु नपर्ने ,आफै कुरा कानी गर्न सक्ने बनाइने जानकारी बिद्यालयका संयोजक सुदर्शन अधिकारी ले जानकारी गराउनु भएको छ। हाल सम्म १६० जना बिद्यार्थी भर्ना लीइ सकिएको उक्त कार्यक्रम दोस्रो हप्ता पुरा भएको छ ।अभिभाबक संग सहकार्य गर्दै आबस्यक फिडब्याकको मध्यमबाट प्रभाबकारी कक्षा संचालन गर्न को लागि आजै एक अभिभाबक समिति पनि गठन गरिएको छ ।

vlcsnap-2016-02-07-19h44m51s477
उक्त कार्याक्रम मा उल्लेख्य भर्ना हुनसक्ने अनुमान गरि येही वर्ष थप २०००० डलर लगानी गरिएकोमा, सिमित पूर्वाधारमा थप बिद्यार्थी लाइ प्रभाबकारी सेवा दिन नसकिने भएको ले यो सैक्षिक कार्यक्रम को लागि भर्ना बन्द गरिएको जानकारी पनि बिद्यालय प्रमुख सन्त्याल ले दिनु भयो। यू एस खबर संगको कुराकानी मा सन्त्याल ले यस बाट उत्साहित अभिभाबकमा भएको असुविधा प्रति क्षमा याचना गर्दै आगामी वर्षहरु मा पूर्वाधार थप गर्न नेपाली समाज संग अनुरोध गरिने जानकारी पनि गराउनु भयो। यस कार्यक्रम संचालन गरिएपछि नेपाली मन्दिर समेत रहेको उक्त स्थानमा उल्लेक्य रुपमा नेपाली हरु को उपस्थिति पनि हुन थालेको छ।

vlcsnap-2016-02-07-19h43m47s004
सिमित क्षमतामा रहेको पार्किंग विस्तार हुन नसक्दा मन्दिर दर्सन र शैक्षिक कार्यक्रम हेर्न आउने नेपाली हरु बाहिर बाटै फर्किनु परिरहेको सर्बसाधारण को गुनासो रहेको छ।

भिडियो हेर्न को लागि तलको लिंक मा क्लिक गर्नु होस्

प्रतिक्रिया