भिरबाट लडेर एकको मृत्यु

इनेप्लिज २०७२ माघ २५ गते ५:१६ मा प्रकाशित

पाँचथर, २५ माघ । भिरबाट लडेर पाँचथरको सराङडाँडा–५ का एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय धनबहादुर शेर्मा रहेका छन् ।

गाउँकै भिरबाट लडेका उनलाई आज बिहान मात्रै स्थानीयवासीले फेला पारेको स्थानीय पुराहाङ शेर्माले जानकारी दिनुभयो ।

सराङडाँडा–३ स्थित अठभैयामा आफन्तकोमा विवाहमा गएर फर्केका उनी मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । घटनास्थलतर्फ प्रहरी टोली पठाइएको प्रहरी निरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया