विपन्नको जीविकोपार्जनका लागि एक करोड अनुदान
फलेवास (पर्वत), २५ माघ । विपन्न परिवारको जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले पर्वतमा झन्डै रु एक करोड अनुदान वितरण गरिएको छ ।
पर्वत जिल्लाका ३९ वटा सामुदायिक वनका ६६० परिवारलाई जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले उक्त रकम वितरण गरिएको हो ।
उनन्तीसवटा सामुदायिक वनका विपन्न परिवारलाई नगद रु १५ हजारका दरले रकम वितरण गरेपछि उनीहरु आयआर्जनका कार्यमा सक्रिय हुन थालेका छन् ।
प्रत्येक वनका १० देखि २० जना विपन्न उपभोक्तालाई रु ९९ लाख रकम वितरण गरिएको जनाइएको छ । बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत लिवर्डको सहयोग र इन्प्रेड नेपालको व्यवस्थापनमा रकम वितरण गरिएको जनाइएको छ । उपभोक्ता समूह र विपन्न परिवारको पाँच वर्षे जीविकोपार्जन सुधार योजनाअन्तर्गत रकम वितरण गरिएको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त रकम पाएपछि व्यावसायिक रुपमा बाख्रापालन, माहुरीपालन, तरकारीखेती, बङ्गुरपालन, कुखुरापालनलगायतका व्यवसायमा लगानी गरिएको छ । गाउँ गाउँमा पुगेर उनीहरुको आर्थिक अवस्थालाई सुधार गर्न यस्तोखालको कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लाको कुश्मा नगरपालिकाका विभिन्न वडा, कुर्घा, भोक्सिङ, खौला, कार्कीनेता, तिलाहार, टकलाक, होस्राङ्दी, लुंखुदेउराली, पाखापानीलगायतका गाविसका कृषकलाई वितरण गरिएको संस्थाले जनाएको छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया