छब्बीस हजार बालबालिकालाई दादुरा–रुबेला खोप दिइने
इलाम, २५ माघ । जिल्ला स्वास्थ्य कार्यालय इलामले नौ महिनादेखि पाँच वर्षसम्मका २६ हजार ११८ जना बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप दिने भएको छ ।
जिल्ला खोप समन्वय समितिको हालै बसेको बैठकले दुई चरणमा खोप दिन लागिएको जनाएको छ ।
खोप सुपरभाइजर राजकुमार पोखरेलका अनुसार पहिलो चरण फागुन ९ देखि १४ गतेसम्म जिल्लाका दुई नगरपालिकासहित २३ गाविसमा र दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २० गतेसम्म एक नगरपालिकासहित २० वटा गाविसमा खोप सेवा सञ्चालन गर्न लागिएको हो ।
खोप अभियानका लागि स्वास्थ्य कार्यालयले ४६९ वटा खोपकेन्द्रमा दुई सय दक्ष स्वास्थ्यकर्मी, ९३७ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका लक्षित बालबालिकालाई खोप सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालयले कर्मचारी परिचालनको तयारी गरेको जनाएको छ ।
यस्तै सोही अवधिमा जन्मेदेखि पाँच वर्षसम्मका ३१ हजार ४१४ बालबालिकालाई पोलियो खोप लगाइनेसमेत खोप सुपरभाइजर पोखरेलले बताउनुभयो ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया